नयाँ पल्सर चोरेर २० हजारमै बेच्दैगर्दा प्रहरी पुगेपछि

Rober
Rober
July 09, 7:28

२४ असार, विराटनगर - मोरङमा प्रहरीले मोटसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका – १० का २० वर्षका निमा तामाङ, बेलबारी नगरपालिका २ का २० वर्षका प्रितीमान भण्डारी र २२ वर्षका अभिषेक कट्टेल छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका निमाले सोमबार राति पथरी शनिश्चरे नगरपालिका– २ सिर्जना चोकका आतेजुङ राईको घरबाट को ३४ प ६००४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

मोटरसाइकल चोरीका धेरै घटनामा संलग्न निमाले त्यो मोटरसाइकल लिएर बेलबारी आए । बेलबारीमा मोटरसाइकल नम्बर परिवर्तन गरे । त्यस कामका लागि अभिषेक र प्रितीमानले सघाए ।

मोटरसाइकल नयाँ भए पनि बिक्री मूल्य २० हजार रुपैयाँ मात्र राखे । निमालाई बेलबारीमै छाडेर अभिषेक र प्रितीमान मोटरसाइकल बिक्री गर्न भन्दै पथरी शनिश्चरे ९ पुगे ।

मोटरसाइकलको दाम २० हजार राखेपछि स्थानीयले चोरीको हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरे । प्रहरीले सोधपुछ गर्दा मोटरसाइकल चोरीकै भएको खुलेको हो ।

दुई युवाले आफूले बिक्री गर्न मात्र ल्याएको बताएपछि उनीहरु मार्फत प्रहरी निमासम्म पुग्यो । बेलबारीमा रहेका निमालाई मंगलबार नै पक्राउ गर्‍यो ।

‘सस्तोमा मोटरसाइकल बिक्री गर्न लागेको खबर आएपछि हामी पुग्यौं,’ डीएसपी गिरीले भने ‘दुईजनाले बिक्री गर्न ल्याएको बताएपछि निमालाई पक्राउ गर्‍यौं ।’

उनका अनुसार तामाङ यसअघि पनि चोरीको घटनामा संलग्न थिए । गत ३२ जेठमा उनले पथरी शनिश्चरे नगरपालिका– १ स्थित शान्ति मिनी मार्केटमा रहेको सबिता बस्नेत र देश थाम्सुहाङको पसलबाट जुत्ता चप्पललगायत २५ हजार बराबरको धनमाल चोरी गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा