मध्य राती बस्तीमा बाढीः १५ घर र ११ जना बगे, दुईको शव फेला नौं अझै बेपत्ता 

jambu-badhi
jambu-badhi
July 09, 10:00

सिन्धुपाल्चोक, असार २५ – सिन्धुपाल्चोकमा बुधबार राति बाढीले १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।
स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । ‘अझै नौ जना बेपत्ता छन्, उनीहरूको सेना र स्थानीय मिलेर खोजी गरिरहेका छन्,’ उनले भने । तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको पौडेलले बताए ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गइरहेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ‘जम्बुलगायत तातोपानी क्षेत्र जान मानेस्वाराको बाटो प्रयोग गर्नुपर्ने हुन्छ, त्यहाँसम्म गएपछि आधिकारिक विवरण आउनेछ,’ उनले भने ।

सेना र सशस्त्र प्रहरीको टोली भने घटनास्थल पुगिसकेको उनले सुनाए । त्यसै गरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ । ‘सबैतिरको यकिन विवरण आइसकेको छैन, ठूलो जनधनको क्षति भएको छ,’ न्यौपानेले भने ।
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा