राष्ट्रिय जनमोर्चाद्वारा भारतले निर्माणमा अवरोध गरेको कञ्चनपुरस्थित हुलाकी सडकको अवलोकन 

janmorcha
janmorcha
July 09, 4:58

कञ्चनपुर असार २५ – राष्ट्रिय जनमोर्चाले भारतीय पक्षद्वारा अवरोध सृजना गरिएको हुलाकी सडकको स्थलगत अवलोकन गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश इन्चार्ज मनोज भट्टको नेतृत्वमा  गएको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–३ स्थित सिमाना र भारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी सडकको अवलोकन गरेको हो ।

बेलौरी नगरपालिका–८ पचुईस्थित नेपाल तर्फको रिफ्रेन्स पिल्लर ३८ लाई भारतले आफ्नो भएको दाबी गर्दै हुलाकी सडकको निर्माणमा अवरोध सृजना गरेको थियो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले भारतीय सुरक्षा बल एसएसवीको अवरोधपछि हुलाकी सडकको निर्माण अवरुद्ध भएको भन्दै भारतीय पक्षद्वारा भएको ज्यादतीको निन्दा गरे ।

भारतबाट यस्ता गतिविधि हुनु खेदजनक छन्, भट्टले भने, नेपाली भूमि र नेपाली सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप बन्द हुनुपर्छ । प्रदेश अध्यक्ष नन्दराज भट्टले सीमा क्षेत्रको अवलोकनपछि विज्ञप्ति जारी गर्दै भारतद्वारा भएको हस्तक्षेपको भर्त्सना गरेका छन् । साथै सडक निर्माणमा अवरोध नगर्न भारतीय पक्षलाई आग्रह गरेका छन् 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा