नेपालमा कोरोना संक्रमितको संख्या घट्दै : बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि

Corona
Corona
July 09, 5:20

काठमाडौं : बिहीवार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

देशका २५ प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएको बताए।

केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमण घटदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या कम भएपनि हेलचेक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै सचेत रहन अपिल गरे। उनले अब संक्रमण कम गर्न सबै सचेत नभए फेरी बढ्ने चेतवनी दिए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा