नव प्रतिभा समुहको सुर्ति सम्बन्धि सचेतना कार्यक्रम

Nawa Pratibha
Nawa Pratibha
July 12, 7:47

धनगढी, २७ असार - नव प्रतिभा समुह धनगढीले सुर्ति सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सुर्ति जन्य नियन्त्रण कार्यक्रम अन्र्तगत सडक नाटक, विद्यालयमा सचेतना कार्यक्रम, आमा समुहमा अन्र्तक्रिया कार्यक्रम लगायत भए पनि विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण रेडियो नाटक, पर्चा पम्प्लेट र श्रव्यदृश्य भिडियो सामग्री निर्माण गरी कार्यक्रम गरिएको सहुक का अध्यक्ष मीना सोवले जानकारी दिइन् । ‘कोरोना भाइरसका कारण समुदाय सम्म जान सक्ने स्थित भएन्’ अध्यक्ष सोवले भनिन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकीएको नियम कायम गरी कार्यक्रम गरिएको हो ।’
धनगढीमा पत्रकार सम्मेलन गरी संस्थाले आफुले गरेका कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
समुहले सामाजिक दुरी कायम गरी कैलालीको धनगढी र कञ्चनपुरको भिमदत्तनगरमा सुतिजन्य पदार्थ नियन्त्रण सचेतना सम्बन्धित प्रशिक्षण तथा छलफल कार्यक्रम समेत गरेको हो । स्थानीय विभिन्न आमा समुहसंग मिलेर छलफल कार्यक्रम गरेको अध्यक्ष मीनाले बताइन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य कर कोषबाट सुर्तिजन्य सचेतना कार्यक्रम अन्र्तगतको अनुदान कार्यक्रम हो ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा