मध्यराती पहिरोमा पुरिएका ३२ मध्ये २८ जनाको शव भेटियो, ८ सय जनाको बिचल्ली 

Pahiro Bitanda
Pahiro Bitanda
July 14, 5:56

म्याग्दी, असार ३०, गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका–७ बिममा आएको भीषण पहिरोमा परी बेपत्ता भएका ३२ जनामध्ये मंगलवार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन् भने १२ जना घाइते भएका छन्। गाउँको सिरानबाट आएको पहिरोका कारण दुवै गाउँपालिकाका गरी १ सय ५० भन्दा बढी परिवारका करिब ८ सय जनालाई सुरक्षित स्थान मानिएका नजिकका विद्यालय र सामुदायिक भवनमा राखिएको छ। 
घटनाको मंगलबार पाँचौ दिन बितिसक्दा पनि पहिरो प्रभावितहरुका लागि कसैले पनि राहत सामग्री पठाउन सकेको छैनन्। खराब मौसमका कारण राहत पठाउन नसकिएको सरोकारवालाहरूले जनाएका छन्। घटनाको दोस्रो दिन उद्धार टोलीसँग पठाएको न्यून राहत सामग्री सकिएको पीडितहरुले बताएका छन्। सडक अवरुद्ध भएका कारण राहत पठाउने अवस्था नरहेको जनाइएको छ। 
करिब ८ सय जनाभन्दा बढी विस्थापित र २८ जनाको मृत्युको कारण बनेको भीषण पहिरो प्रभावित क्षेत्रमा न सरकार पुग्न सक्यो न पाँचौं दिन बितिसक्दा पनि सरकारले पीडितहरुलाई राहत नै पठाउन सकेको छ। प्रतिकूल मौसमलाई कारण देखाएर सरकार उम्कन खोजे पनि स्थानीय युवा व्यवसायी र ओम कुमारी शान्ति कोषको पहलमा हेलिकप्टर पहिरो प्रभावित क्षेत्रमा पु्गेर त्यहाँको वस्तुस्थितिको जानकारी लिनुका साथै गर्भवती महिला, विपद्मा परेका वृद्धवृद्धाको भने उद्धार ग¥यो। पाँचौं दिनसम्म पनि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रतिनिधि सभाका सदस्य भूपेन्द्रबहादुर थापा र प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरबाहेक सरकारका प्रतिनिधिहरू पहिरो प्रभावित क्षेत्रमा पुगेका छैनन्। पहिरोका कारण आफन्त र घरवारविहीन करिब ८ सय जना नजिकका विद्यालय र सामुदायिक भवनमा बसेर कष्टपूर्ण दैनिकी गुजारिरहेका छन्। उच्च जोखिममा रहेका उनीहरुलाई मराङको राम्चे सामुदायिक भवन, बिमको जनविकास आधारभूत विद्यालय र ताकमको हेम माविमा राखिएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा