प्याब्सन एन प्याब्सनले साउन१ देखि अनलाइन कक्षा बन्द गर्ने
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको छाता सङ्गठन प्याब्सन र एन प्याब्सनले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् ।
प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बुधबार जारी गरेको सयुक्त प्रेस विज्ञप्तिमा सरकारले आफूहरुका माग हरुमा बेवास्ता गरेकोले आफुहरुले यस्तो यस्तो निर्णय गर्नुपरेको बताएका छन।
कोरोना भाइरस ( कोभिड-१९) का कारण गत चैतबाट विद्यालयहरु संचालन हुन नसकेपछी शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी गरेको थियो ।
संस्थागत विद्यालयहरुले समेत उक्त निर्देशिका बमोजिम वैकल्पिक कक्षाहरु तथा अनलाइनको माध्यम बाट सिकाइ क्रियाकलाप संचालन गर्दै इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, एफएम र रेडियो मार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।
प्याब्सन तथा एनप्याब्सन द्वारा संचालित निजि विद्यालयहरुमा देशभर करिब ३० लाख विद्यार्थीहरु अध्ययनरत रहेको र करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीले प्रत्यक्ष रोजगारीको अबसर पाएको जनाइएको छ। विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी हरुलाइ वैशाख महिनादेखि तलब उपलब्ध गराउन नसक्दा उनीहरु भोक–भोकै रहनु पर्ने अवस्था आएको पनि बताएका छन् ।
प्याब्सन,एन प्याब्सन र शिक्षा मन्त्रालयबिच असार २१ गते मन्त्रालयमा भद्र सहमती सहमति भएको एक हप्ता
बितिसक्दा पनि शिक्षा मन्त्रालय बाट समस्या समाधान को लागि कुनै प्रयास नभएको र अन्योलको परिस्थिति सिर्जना हुदा थप गतिविधिहरु सञ्चालन गर्न आफुहरुलाइ आर्थिक संकट आइपरेकोले अनिश्चितताको बिच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित हुने उल्लेख गरेका छन् ।
दुबै सङ्गठन द्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ।
‘तसर्थ २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौ’,
प्याब्सन तथा एन प्याब्सनद्वारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्ति
कोभिड–१९ महामारी रोकथामका लागि २०७६ साल चैत्र ११ गते देखि मुलुकभर जारी लकडाउनको कारणले शिक्षण संस्थाहरु लगातार पूर्णरुपमा बन्द रहेको अवस्था प्रति हामी सबै अवगत नै छौं । हाल आएर बजार, उद्योग–व्यवसाय, निजी÷सार्वजनिक सवारी–साधन लगायतका क्षेत्र सञ्चालनमा आएता पनि भौतिक रुपमा विद्यालयहरु सञ्चालन भएका छैनन् । लामो समयावधिसम्म बाल–बालिकाहरु शिक्षा बाट वञ्चित हुने अवस्था प्रति अत्यन्त संवेदनशील भई निजी शैक्षिक संस्थाहरुले प्रविधिको प्रयोग गरि वैकल्पिक उपायको रुपमा २०७७ साल बैशाख महिना देखि नै अनलाईन कक्षाहरु सञ्चालनमा ल्याएता पनि यसले औपचारिकता पाउन सकेको थिएन । हामी लगायत सबै पक्षको अनवरत प्रयासले गर्दा नेपाल सरकार शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी ग¥यो । उक्त निर्देशिकाको अधीनमा रहने गरि हामी संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाईन÷अफलाइन मार्पmत) थप व्यवस्थित गर्ने तयारी थाल्यौं र इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो÷एफ.एम. मार्पmत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन ग¥यौं ।
नेपाल सरकारले २०७६ साल चैत्र महिनामा घोषणा गरेको राहत प्याकेजमा निजी विद्यालयहरुले एक महिनाको शुल्क छुट गर्नुपर्ने कुरालाई समेत हृदयंगम गरि लकडाउनको कठिन परिस्थितिलाई मध्यनजर गर्दै प्याब्सन तथा नेसनल प्याब्सानले संयुक्त रुपमा आषाढ ७ गते अपिल जारी गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मात्र मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जाने, सेवा उपलब्ध नगराएको शिर्षकमा लकडाउन अवधिभर शुल्क तिर्नु नपर्ने, विद्यालयहरुले नियमित अनलाईन कक्षा सञ्चालन गर्ने भनि नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय तथा निकायहरु लगायत आम अभिभावकहरुलाई सम्बोधन गरि सार्वजनिक रुपमा आव्हान गरेकोमा हाम्रो विनम्रता, संवेदनशीलता तथा विद्यालय शिक्षाको लगभग ३० प्रतिशत भाग ओगट्ने निजी क्षेत्रको योगदान र महŒवलाई वास्ता नै नगरि शिक्षा मन्त्रालयबाट आषाढ ८ गते हाम्रो अपिलको भावना विपरित हुने गरि प्रेस विज्ञप्ति जारी भएकोमा हामी मर्माहत भएका छौँ ।
मुलुकभर लगभग ३० लाख विद्यार्थीहरुको शैक्षिक भविष्य अन्धकारमय भएको प्रति चिन्तित हुँदाहुँदै शून्य आम्दानीको कारणले संस्थागत विद्यालयमा कार्यरत करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीलाई बैशाख महिना देखि तलब उपलब्ध गराउन नसकिरहेको तितो यर्थात र उहाँहरु भोक–भोकै रहनु पर्ने अवस्था एकातिर छ भने अर्कातिर विद्यालयको स्थायी प्रकृतिका खर्चहरु – घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इंटरनेट ईत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ ।
यस विकराल समस्याको समाधानार्थ हाम्रो अभिभावक नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष पटक–पटक मागहरु राखि निरन्तर छलफल, वार्ता–संवाद गर्दा पनि कतैबाट कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको अवस्था प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन असार १४ गते माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यू समक्ष संयुक्त रुपमा ज्ञापन–पत्र बुझाई हाम्रामागहरु असार १९ गतेभित्र सम्बोधन होस भन्ने अनुरोध पस्तुत गरियो सो समय सिमाभित्र सम्बोधन नगरिएमा असार २२ गतेबाट अनलाईन÷अफलाइन कक्षाहरु, टेलिभिजन, रेडियो÷एफ.एम. कक्षाहरु, विद्यालय प्रशासन लगायत सम्पूर्ण गतिविधिहरु माग सम्बोधन नभए सम्मका लागि पूर्ण रुपमा बन्द गरि प्रथम चरणको आन्दोलन घोषणा गर्न बाध्य हुनेछौ र यसबाट उत्पन्न हुने परिस्थिति, शिक्षक–कर्मचारीका तलब, घरभाडा बैंक ब्याज लगायतका दायित्वको जिम्मेवार नेपाल सरकार स्वयम् हुनुपर्ने समेत अवगत गराएका थियौँ । सो मागलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूबाट असार २१ गते प्याब्सन, नेसनल प्याब्सन, अभिभावक संघ संगठन, शिक्षक महासंघ, इस्टु तथा मन्त्रालयका पदाधिकारी सहितको बैठक आयोजना गरि निजी विद्यालयहरुको साझा मागका सम्बन्धमा सकारात्मक रुपमा लिने पतिवद्धता व्यक्त भएको र मन्त्रालयका तर्फबाट कोरोना संक्रमण व्यबस्थापनको सरकारी संयन्त्रमा हाम्रा जायज मागलाई तत्कालै पेश गरि सम्बोधन गराउने मौखिक आश्वासन व्यक्त भए पश्चात वार्ता र संवाद जारी राख्ने विषयमा मन्त्रालय तथा अन्य सरोकारवालाबीच सहमति भई तत्काललाई आन्दोलनको कार्यक्रम स्थगत गर्न मन्त्रालयद्वारा आग्रह गरियो । सोही अनुसार सकारात्मक निर्णयको आज मिति २०७७ असार ३१ गते सम्म संयमित रुपमा प्रतिक्षारत रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छौँ ।
यसैबीच दुवै संगठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालय समक्ष पेश गरेको ज्ञापन–पत्रमा उल्लेखित विषयहरुको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एकसाता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ । तसर्थ २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौ ।
अन्त्यमा अभिभावकज्यूहरुले दर्शाउनु भएको सद्भावका लागि धन्यवाद दिन चाहान्छौँ । विद्यार्थीहरुको शिक्षण सिकाईका प्रक्रिया अवरुद्ध हुने विषय प्रति अत्यन्तै दुःखी छौ । नेपाल सरकार शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चात मात्र विद्यालयका प्रशासन खुल्ला हुनेछन् । विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाख देखि असार सम्मको शिक्षक कर्मचारीहरुको तलब लगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमश भुक्तानी गरिनेछ । समस्या समाधनका लागि प्याब्सन तथा नेसनल प्याब्सन वार्ता संवादका लागि सदैव सकारात्मक रहेको व्याहोरा अनुरोध गर्दछौँ । यसबाट पर्न जाने असुविधाप्रति सम्पूर्ण सरोकारवालाहरुसँग क्षमाप्राथी रहदै उचित निकासका निम्ति हार्दिक अपिल गर्दछौँ ।
........................ .......................
ऋतुराज सापकोटा टिकाराम पुरी
अध्यक्ष अध्यक्ष
नेसनल प्याब्सन प्याब्सन