रास्ट्रीय खेलकुद परिषद्‌को सदस्यसचिव बन्न ११ जनाको निवेदन

राखेप लोगो
राखेप लोगो
July 15, 8:27



राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बन्नको लागि बिहीबार सम्ममा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित ११ जनाले निवेदन दिएका छन्।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्‌को सदस्यसचिवका लागि गत शुक्रबार इच्छुक उम्मेदवार बाट दर्खास्त आह्वान गरेको थियो।

समितिले आबस्यक योग्यता पुगेका ब्यक्तिहरुलाई सदस्यसचिव पदका लागि सात दिनभित्र संक्षिप्त कार्ययोजना सहित निवेदन दर्ता गर्न भनेकोमा अहिलेसम्म सिलवालसहित ११ जनाले निवेदन दर्ता गराएको बताइएको छ।

गत असारमा निबर्तमान सदस्य सचिब सिलवालले राजनीतिक नियुक्ती पाएका थिए। खेलकुद ऐन लागु भएपछि उनको पद खारेज भएको थियो। त्यसपछि आह्वान गरिएको दरखस्तमा सिलवालले निवेदन दर्ता गराएका हुन्। 

उक्त पदमा नियुक्तिको लागि इच्छुक आबेदकहरुले निवेदनसहित कार्ययोजना पनि प्रस्तुत गर्नु पर्ने व्यवस्था छ।

कार्ययोजना अध्ययन गरेपछि समितिले उपयुक्त लागेका एक जना महिला सहित तीन जनालाई सदस्यसचिव सिफारिस गर्दै मन्त्रालयमा पेश गर्नेछ। तीन मध्ये एक जनालाई सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ।




सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा