देशभरका एक सय नमुना बिद्यालयमा डोटीका दुई बिद्यालय छनौट

Khatyadi
Khatyadi
July 16, 6:46

टेक चन्द 
डोटी, श्रावण १- डोटीमा दुई वटा बिद्यालय नमुना बिद्यालयमा छनौट भएका छन । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ मा रहेको खत्याडी माध्यामिक बिद्यालय र शिखर नगरपालिका वडा नं. ९ मा रहेको सिताराम माध्यामिक बिद्यालय देशभरका  एक सय नमुना बिद्यालयमा छनौट भएका छन । 
सरकारले आर्थिक बर्ष ०७७/०७८ का लागी एक सय बिद्यालय नमुनाको रुपमा बिकास गर्नका लागी छनौट गर्ने कार्यक्रम अन्तरगत शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले डोटीका दुई पुराना बिद्यालय  छनौट गरेको हो । 
बिद्यालयले गुरु योजना निमार्ण गरेर भौतिक, शैक्षिक स्तर सुधारका लागी उत्कृष्ठ बिद्यालयको रुपमा बिकास गर्दै नमुना बिद्यालयको बिकास गर्नका लागी सरकारले छनौट गर्नु महत्वपुर्ण भएको बिद्यालयका प्रधानध्यापक डम्मर गड्सिलाले बताउनु भएको छ ।
२०१२ सालमा स्थापना भएको खत्याडी माध्यामिक बिद्यालयको सर्बाङ्गीण बिकासका लागी महत्वपुर्ण हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ । कृषी प्राबिधिक बिषय अध्यापनका लागी भरखरै मात्र अनुमती पाएको बिद्यालय नमुना बिद्यालयको रुपमा बिकास हुने भएपछी स्थानीय खुसी भएका छन । 
डोटीलाई शैक्षिक हबको रुपमा बिकास  गर्ने घोषणा गरेका मूख्यमन्त्रीले डोटीमा दुई वटा बिद्यालयलाई नमुना बिद्यालय छान्नका लागी सुदूरपश्चिम प्रदेश सरकारका मूख्यमन्त्री त्रिलोचन भट्टले बिशेष पहल कमदी लिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ । 
२०१७ सालमा स्थापना भएको सिताराम माध्यामिक बिद्यालयलाई थप ब्यबस्थीत बनाएर काम गर्नका लागी महत्पुर्ण सहयोग भएको प्रधानध्यापक केशर सिं बिष्टले बताउनु भएको छ । डोटी जिल्लामा रामपुर उच्च माध्यामिक बिद्यालय बुडर र पद्म पब्लीक मुक्तीनारायण माध्यामिक बिद्यालय सिलगढी नमुना बिद्यालयको रुपमा बिकास हुने बिद्यालय छनौट भएर कार्यान्वयनको प्रक्रीयामा रहेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा