शिक्षा तथा मानव स्रोत बिकास केन्द्रबाट रिक्त दरबन्दीको विवरण आउने बित्तिकै शिक्षकको खुला बिज्ञापन

Tsc
Tsc
July 18, 3:27

३ साउन२०७७

रिक्त शिक्षक दरबन्दीको विवरण आयोगमा आउने बित्तिकै शिक्षकको खुला बिज्ञापन गरिने शिक्षक सेवा आयोगले जनाएको छ।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्र बाट देशभरमा रिक्त रहेका शिक्षक दरबन्दीको विवरण आएको २ हप्ता देखि एक महिना सम्ममा आयोगले खुला बिज्ञापन आह्वान गर्ने शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख बैकुण्ठ प्रसाद अर्यालले बताउनु भयो।
आयोग बिज्ञापन गर्न तयारी अबस्थामा रहेको र शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले पठाउने शिक्षकको रिक्त दरबन्दीको विवरणको पर्खाइमा रहेको उहाँको भनाइ छ।

शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका महानिर्देशक डा. तुलसी प्रसाद थपलियाले विवरण संकलनको काम भैरहेको बताउनु भयो।" केही स्थानीय तहहरुबाट विवरण आइसकेको छ, बाकिको आउने क्रम जारी रहेको छ।आउन बाकी रहेका स्थानीय तहहरुलाइ पनि विवरण पठाउन छिट्टै परिपत्र गरिने छ।"उहाँले भन्नू भयो।विद्यालयहरुमा योग्य शिक्षक पठाउने काम शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको मुख्य प्राथमिकतामा रहेको समेत डा. थपलियाले बताउनु भयो।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा