यस बर्षको इन्डियन प्रीमियर लिग युएईमा हुने सम्भावना

IPL
IPL
July 18, 11:27

शनिबार, साउन ३, २०७७
कोभिड- १९ को त्रासका कारण संचालन हुन नसकेको यस बर्षको इन्डियन प्रीमियर लिग टी-२० क्रिकेट प्रतियोगिता सयुक्त अरब इमिरेट्स ( युएई) मा संचालन गर्न बिसिसिआइ छलफलमा जुटेको बताइएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आउदो सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म युएईमा यो सिजनको आइपिएल गराउने विषयमा छलफल अघि बढाएको हो।

आइसिसी र भारत सरकारले भारतीय क्रीकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले प्रस्ताव गरेको समयमा आइपिएल संचालन गर्नदिने सहमति जनाएमा बिसिसिआइले युएई मा आइपिएल गर्ने विषयमा निर्णय गर्ने बुझिएको छ।

आइसिसीले आउदो अक्टोबरमा अस्ट्रेलियामा तय गरेको टी- २० बिश्वकप क्रीकेट प्रतियोगिता निर्धारित समयमा संचालन गर्ने वा स्थगित गर्ने विषयमा यो महिना भित्र निर्णय गरिसक्ने छ।
आइसिसिले स्थगित गर्ने निर्णय गरेमा आइपिएल युएईमा आयोजना गर्ने बाटो खुल्नेछ।

यस सिजनको आइपिएल युएईमा संचालन गर्नको लागि बिसिसिआईले भारत सरकारको अनुमति लिने प्रक्रिया अघि बढाइसकेको छ।

भारतीय क्रीकेट कन्ट्रोल बोर्डले आइपिएल आयोजना को विषयमा छलफल गर्न सोमबारका लागि बैठक बोलाएको छ।











सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा