निजि विद्यालयहरुले भोलिदेखि बैकल्पिक शिक्षण सुरु गर्ने

अनलाइन
अनलाइन
July 22, 3:19

७ साउन, २०७७
निजि विद्यालयहरुले साउन१ गते देखि स्थगित गरेको अनलाइन तथा बैकल्पिक माध्यमको शिक्षण कार्यक्रम साउन ८ गतेदेखि पुनः संचालन गर्ने निर्णय गरेका छन।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन( प्याब्सन ) रास्ट्रीय निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन ( एनप्याबसन), संस्थागत विद्यालय शिक्षक युनियन( ईष्टु) र अभिभावक संघका पदाधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको प्याब्सनका केन्द्रिय महासचिव कुमार घिमिरेले बताउनुभयो।
बैठकमा निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन( प्याब्सन), रास्ट्रीय निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (एनप्याबसन),अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन, संस्थागत विद्यालय अभिभावक संघ लगायतका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो।

सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै निजि विद्यालयहरुका साझा संगठन प्याब्सन र एनप्याब्सनले साउन १ बाट अनलाइन कक्षा लगायतका बैकल्पिक सिकाइ कार्यक्रम बन्द गर्दै आइरहेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा