नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक चिनिया नागरिकको मृत्युु

कोरोना
कोरोना
July 22, 4:13


बुधबार, साउन ७, २०७७
नेपालमा कोरोनाबाट एक चीनिया नागरिकको मृत्यु भएको छ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकोमा कोरोना भाइरसको संक्रमणबाट उनको मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. रोहित पौडेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।

'उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो। आज बिहान उहाँको मृत्यु भयो,' उनले भने।

उनको मृत्यु मुटुको धनकन गडबड हुँदा भएको उपचारमा खटिएका चिकित्सक डा. सुवास आचार्यले बताए।

'उहाँलाई हिजो बेलुका टिचिङ ल्याइएको थियो। हामीले नन एन्भासिभ भेन्टिलेसनमा राखेर उपचार गरिरहेका थियौं। आज उहाँलाई वार्डमा सार्ने कुरा थियो। तर एक्कासी मुटुको चाल गडबड हुँदा बिहान ६ बजे उहाँको मृत्यु भयो,' उनले भने।
मृतक ५८ वर्षीया महिलालाई सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। उनलाई हृदयघात भएपछि अस्पताल पुर्‍याइएको थियो

मृतक महिला बिरामी पर्नुअघि पोखराको लेकसाइड बसेर फर्किएको खुलेको छ।

अहिले मृतकको शव अस्पतालमै राखिएको छ। उनको शब दूतावाससँगको समन्वयमा सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।

नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।
यो सङ्गै नेपालमा कोरोना बाट मर्नेको संख्या ४२ पुगेको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा