राखेपको सदस्यसचिबका लागि ३ जनाको नाम सिफारिस

राखेप
राखेप
July 23, 8:50


बिहिबार, साउन ८
राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।

निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरको नाम सिफारिस गरिएको हो।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया, परिषद्का पूर्वकर्मचारी रिम रानाभाट र परिषद्को पूर्व बोर्ड सदस्य इन्दिरा निरौला रहेको सिफारिस समितिले आवेदनको अध्ययन गर्दै तीन जनाको नाम सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालको पद निष्क्रिय भएको थियो।

राष्ट्रिय खेलकुद विकास ऐन,२०७७ को प्राबधान बमोजिम
युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले परिषद्‌को सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको थियो।

समितिले निवेदन दिएकहरुको कार्ययोजना अध्ययन गरेर सदस्यसचिव सिफारिस गरेका तीन जनाको नाम मन्त्रालयमा बुधबार नै बुझाएको छ।

अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्‌मा पेश गर्नेछ। जस मध्ये एक जनालाई मन्त्रिपरिषद्ले खेलुकद परिषद्को सदस्यसचिवमा नियुक्त गर्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा