शिक्षक लाइसेन्सको लाजमर्दो नतिजा, मन्त्रीको चासो

शिक्षा
शिक्षा
July 26, 3:48


साउन,११, २०७७
काठमाडौं - शिक्षक उत्पादनका लागि तोकिएका शैक्षिक कार्यक्रम प्रति गम्भिर प्रश्न उठिरहेका बेला शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय र आयोगका पदाधिकारी तथा कर्मचारीसँग छलफल शुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय, खुला विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका पदाधिकारी, शिक्षक सेवा आयोगका अध्यक्ष र प्रशासकीय प्रमुख लगायत सम्वद्ध व्यक्तिहरुका बिच भएको छलफलमा शिक्षा शास्त्रको पाठ्यक्रममा सुधार, शिक्षक सेवा आयोगले लिने प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम लगायतका विषयमा केन्द्रित रहेर चर्चा भएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । 
छलफलका क्रममा मन्त्री पोखरेलले शिक्षा शास्त्रको पाठ्यक्रम सुधार गरी प्राज्ञिक डिग्री र पेशागत डिग्री छुट्याउनु पर्नेमा जोड दिएका छन् । अध्यापन अनुमतिपत्रको परीक्षामा अनुत्तीर्ण रहेका करिब ८३ प्रतिशत जनशक्ति असक्षम सावित भएका छन् । यो विषयमा विश्वविद्यालय र शिक्षक सेवा आयोग एकठाउँमा बसेर समीक्षा गर्न जरुरी भएकोले छलफल शुरु गरिएको पोखरेलले बताए  । 
विश्वविद्यालयहरुले सञ्चालन गर्ने कार्यक्रममा अध्ययन, अनुसन्धान र सेवा तीन वटै पक्ष समेटिनु पर्ने र सोका लागि यथाशीघ्र पाठ्यक्रममा परिमार्जन गर्न जरुरी रहेको छ, मन्त्रीको भनाई उदृत गर्दै सचिवायले जनाएको छ, विश्वविद्यालयबाट उत्तीर्ण भएर आएका विद्यार्थी शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण हुनेको संख्या ज्यादै न्यून हुनु गम्भीर चिन्ताको विषय हो । 
शिक्षक उत्पादन गर्ने कारखाना शिक्षा शास्त्र र त्यहाँ बाट उत्पादित जनशक्ति शिक्षणका लागि योग्य छन् भन्ने बुझाई भए पनि अध्यापन अनुमति पत्रको परीक्षामा लाजमर्दो नतिजा आएको छ । गत असोजमा लिएर गत असार ३ गते सार्वजनिक भएको प्राथमिक तहको परीक्षामा मात्रै ५ हजार भन्दा धेरै उम्मेद्वारले उत्तर पुस्तिकामा केही पनि नलेखेको कापि बुझाएका थिए । 
उक्त विषयमा विश्वविद्यालय र शिक्षक सेवा आयोग एकठाउँमा बसेर समीक्षा गर्न जरुरी भएको भन्दै मन्त्री पोखरेलले शिक्षक छनौटको पाठ्यक्रममा शिक्षा नीति, शिक्षाका कानून, बालमैत्री विद्यालय, समावेशी कक्षा व्यवस्थापन, बाल मनोविज्ञान, शिक्षण विधि तथा प्रविधि जस्ता विषयवस्तुमा जोड दिन सके मात्र विशिष्टीकृत जनशक्ति शिक्षण पेशामा भित्रिन पाउने उल्लेख गरे । मन्त्रीको निजी सचिव उषा लामिछानेका अनुसार छलफलको पहिलो दिनमा विषयहरु उजागर भएको  र अब छिट्टै चरणवद्ध छलफल गर्दै तत्कालिन र दीर्घकालिन सुधारका उपायहरु पहिचान गरी अघि बढ्ने निष्कर्ष निकालिएको छ ।
www.edukhabar.com बाट साभार
  

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा