२७ हजार शिक्षक स्थायी हुँदै

ttt
ttt
March 15, 11:34

अढाई दशकभन्दा बढी अस्थायी रूपमा कार्यरत शिक्षक स्थायी बन्ने भएका छन्। शिक्षक सेवा आयोगले तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सुरु गरेको छ। २०५६ सालमा स्थापना भएयता आयोगले यसपालि एकै वर्ष करिब २७ हजार शिक्षक पदपूर्ति प्रक्रिया अघि बढाएको छ।

तीनवटै तहका गरी करिब १३ हजार अस्थायीका साथै १२ हजार ७ सय ३९ पदमा खुला प्रतिस्पर्धाबाट स्थायी हुँदै छन्। पदपूर्ति प्रक्रियालाई तहगत आधारमा २०४९ सालअघि, ०६१ सालअघि र २०७२ सालअघि गरी तीन फरक समूहमा अस्थायीलाई प्रतिस्पर्धा गराइएको छ।

हालै मात्र प्रकाशित निम्न माध्यमिक तहको शिक्षक परीक्षामा १ हजार ९ सय ९ जना उत्तीर्ण भएका छन्। तीमध्ये ५१ जना २०४९ सालअघि र ८ सय ५९ जना ०६१ साल अघिदेखि अस्थायी छन्।

उत्तीर्ण भएका शिक्षकहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान र कम्प्युटर विषयका हुन्। सबैभन्दा धेरै अस्थायी शिक्षक प्राथमिक तहमा छन् । प्राथमिक र माध्यमिक तहको नतिजा प्रकाशन क्रममा छ।

‘आयोगले विभिन्न तह, खण्ड र विषयगत गरी दुई सयभन्दा बढी विज्ञापनको पदपूर्ति गर्दै छ,’ आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले भने, ‘मावि र प्राविको नतिजा प्रकाशन गर्न अझै केही समय लाग्छ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा