प्याब्सनमा सबै कार्यसमिति सर्वसम्मत चयन

tt
tt
March 15, 11:41

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचित भएका छन् । राजधानीमा भएको प्याब्सनको १४ औं महाधिवेशनले सर्वसम्मत पुरीलाई निर्वाचित गरेको हो ।

सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । सर्वसम्मत गर्नका लागि मंगलबार राति र बुधबार अबेरसम्म छलफल चलेको थियो । अध्यक्षका अर्का प्रत्यासी डी. के. ढुंगाना सह–अध्यक्षमा निर्वाचित भएका छन् ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ तथा खुला उपाध्यक्षहरुमा ईश्वर बहादुर गुरुङ, डीआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरतबाबु कँडेल निर्वाचित भएका छन् ।

महासचिव पदमा कुमार घिमिरे निर्वाचित भएका छन् । उपमहासचिव पदमा आर बी कट्वाल र किशोर गौतम निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सन्तोषमणी न्यौपाने र सचिवहरुमा मधु लोहनी, शिव कार्की, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल ऐर, मदनकुमार आचार्य, राजेशकुमार दास निर्वाचित भएका छन् ।त्यस्तै सह कोषाध्यक्षहरुमा मीनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का, गणेशबाबु पोख्रेल निर्वाचित भएका छन् ।

महाधिवेशनले भूगोल अन्तर्गतका उपाध्यक्षहरु समेत सर्वसम्मतले निर्वाचित गरेको छ । प्रदेश १ बाट उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ५ बाट विष्णु पन्थी, कर्णाली प्रदेशबाट वामदेव कँडेल र सुदुरपश्चिम प्रदेशबाट जगवीर थापा निर्वाचित भएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा