राहत तथा बालविकास शिक्षक र प्रहरीबीच झडप : दर्जनौ शिक्षक घाईते(फोटो फिचर)

htthth
htthth
March 15, 11:53

राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।

पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।

सोमबार पनि शिक्षकहरु निषेधित क्षेत्र तोड्ने तयारीका साथ आएका थिए भने प्रहरीले पानीको ट्यांकर र अश्रुग्यासको सेलसहित आएको थियो ।

जब शिक्षकले निषेधित क्षेत्रमा प्रहरीले राखेको बार हटाउन थाले, प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हान्न सुरु गर्‍यो । अश्रुग्यासका कारण वरपरका सडकमा हिँड्ने सर्वसाधारण र बटुवाहरुसमेत प्रभावित भएका थिए ।

अश्रुग्यास, फोहोरा र प्रहरीको लाठी लागेर केही शिक्षकहरु घाइते पनि भएका छन् ।

तस्बिरहरु अन्नपूर्ण पोस्टबाट लिईएका हुन –

Image removed.

 

 

Image removed.

 

Image removed.

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा