दार्चुलाकाे लेकम गाउपालिकाका बासिन्दाहरुको प्रश्न: हामिले कहिलेसम्म अन्धकारमा बसिरहने हाे?

विद्युत
विद्युत
August 30, 12:51

२०७७ भाद्र १४ गते आइतबार
भुपिसिंह धामी, धनगढी
नेपाल विद्युत प्राधिकरण दार्चुला शाखाले लेकम गाउँपालिकाकाे वडा नम्बर२का कुणी, बिटाेरा ,सुगरखाली बिनखाली लगायत क्षेत्रमा विद्युत पाेल जडान, प्रशारण लाईन र ट्रान्सफर्मरकाे काम गरिसकेकाे ७/८ बर्ष बितिसक्दा पनि प्राधिकरणले विद्युत जडान कार्यमा कुनै चासाे नदेखाएकाे स्थानीयहरुले अाराेप लगाएका छन।

स्थानीय बासिन्दाहरुले अहिलेसम्म अन्धकारमा बस्दा समेत स्थानीय निकायले समेत जिम्मेवार व्यबहार प्रस्तुत नगरेको आरोप लगाए।

यो बिषयमा स्थानीय निकायका जिम्मेवार व्यक्तिहरुलाई ध्यानाकर्षण गर्दा उनीहरुले याे हाम्राे हातबाट हुने कुरा हाेईन, यसमा हामीले केही गर्न सक्दैनाै भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको स्थानीय माेहन सिह ठगुन्नाले बताए।

स्थानीय कृष्णराज भट्टले आफुहरुको ठुला नेता र केन्द्रसम्म पहुँच नभएकै कारण गाउँमा अन्धकार रहेकाे दुखेसाे पाेखे।स्थानीय नेता पदमराज भट्टले विद्युत प्राधिकरण शाखा दार्चुलाकाे लापरबाहीले गर्दा समयमै गाउँलाई अन्धकार हटाई उज्यालाे दिन असमर्थ भएको बताए।उनले भने" ठेक्का प्रक्रिया अघि बढिरहेकाे छ, मैले केन्द्रमा पहल गरिरहेकाे छु, अबकाे केही समयभित्र विद्युत जडान भैसक्ने अनुमान गरेको छु।"

विद्युत प्राधिकरण शाखा दार्चुलाले यथासिघ्र विद्युत जडान गर्ने कामलाई अगाडि बढाउनु पर्ने स्थानीय हरुको भनाइ रहेको छ। आफुले मत दिएर पठाएका स्थानीय निकाय, प्रदेश र केन्द्रका जनप्रतिनिधिहरुले पनि आफ्नो गाउँको समस्या समाधान तर्फ लाग्नुपर्ने उनिहरु बताउछन।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा