यो समय परिवर्तनको हो

Dhn
Dhn
October 18, 10:21


सुरेन्द्र शाह
धनगढी२, कैलाली
२०७७ कार्तिक २ गते आईतवार
अबकाे राजनीति सरल र सहि हुनुपर्छ। जनता र राष्ट्रियता केन्द्रमा  रहनु पर्छ। राजनीति लाई नबुझेर राजनीति गर्ने हरु को झुन्ड लाई केही चाहिदैन न त परिवर्तन अाबश्यक ठान्छन न त परिवर्तन गर्ने सामर्थ्य राख्छन । ।  नेपालमा हामी युवा हरु राजनीति बाट टाढा बसेर परिवर्तन भएको हेर्न चाहाने काे कमि छैन  ।सत्य के हाे भने या त जस्तो छ त्यस्तै सहजै स्विकार्नु पर्छ हाेईन ठिक छैन भने आफै ठिक बनाउने  प्रयास गर्नु पर्छ। के हामी राजनीति ठिक बनाउने प्रयास  गर्न सक्दैनौं ?
युवाहरु अा अाफ्नाे तरिकाले लागिरहनु भएको पनि छ तर भएको के छ भने एउटा खाेला मा मान्छेहरु माथि बाट बगेर आउँदै छन तल मान्छे हरु ती बग्ने मान्छे हरुलाई बचाउन अाफ्नाे ज्यान जाेखिममा पारेर बचाई रहेका छन  । बचाउने मान्छे हरु अाफुले मान्छे लाई बचाएर गर्भ महसुस गरिरहेका छन तर समस्या जति बचाए पनि बगेर अाउने काे सङ्ख्यामा कमि अाउदैन । यस्काे मतलब के बुझ्नुपर्छ भने समस्या त्याे बगेर अाउनु हाेईन , समस्या कसरी बग्दै छन भन्ने हाे पछि ती बचाउन लागेका मान्छे हरुले साेचे जतिसुकै बचाउन काेशिस गरे पनि समस्या समाधान हुदैन किन ? माथि  कसरी बग्दै छन हेर्नू पर्याे भनी माथि गएर हेर्दा पुलमा दुई जना मान्छेले पुल तर्न लागेका मान्छेलाई समातेर खाेलामा फाल्दा रहेछन । अब ती बचाउने मान्छेले ती दुई जना लाई तह लगाउछन र समस्याको समाधान हुन्छ । नेपालमा धेरै युवाहरु  ती खाेलामा मान्छे बचाउनु समस्या काे समाधान सम्झिरहनु भएको छ र लागिरहनु भएको छ। बास्तवमा समस्या कहाँ छ बिचार गर्नु पर्ने बेला अाएकाे छ अब । हामी कल्बकाे संस्थाकाे ब्यानर बाेकेर  जान्छौ काम गरिरहेका हुन्छौं  हामी विभिन्न काम गरिरहेका युवा ले साेच्नु पर्छ अब काम त ठिक र राम्रो हाे तर समस्याको समाधान हाे कि हाेईन ।कतै त्यहि माथिकाे खाेलामा मान्छे बचाउने मान्छेकाे काेशिस जस्तै   त गर्दै छैनौं ?अब युवा ले समस्या पहिचान गर्नु र त्यसकाे समाधान गर्न सक्नु अबकाे अाबश्यक्ता हाे।   नितिकाे पनि नीति राजनीति हाे हामी हाम्रा समस्या के हुन ती समस्या नै भुलि सकेका छौ।हाम्रा समस्या बेरोजगारी ,  भ्रष्टाचार  शिक्षा , स्वास्थ्य , यातायात , बिकाश ,गरिबी यी समस्या हुन तर हामीलाई  यी सब समस्या हुन भन्ने समेत भुलिसकेका छौ सरकारले अलझाई  रहन्छ हामी अल्झिरहनु  पनि समस्या बनेकाे छ। समाधान राजनीति ले गर्छ भन्नेमा प्रष्ट हुनु पर्छ। तपाईं हामिले फेर्ने सास पनि राजनीति राम्रो छ भने राम्रो सास फेर्न पाउछौ यदि राजनीति गलत छ भने धनगढी बजारमा हिडदा जस्तो धुलाे खान्छौ त्यस्तै धुलाे वाला सास फेर्न पाउछौ। राजनीति  गलत हाे भन्य बुझाई अहिले बिस्तारै घट्न थालेकाेे छ।युवाहरूलाई  टेक्नोलोजीकाे प्रयोग ले बिश्व राजनीति बुझ्न सहज भएको छ  ।बिहारमा पुस्पम प्रीया चौधरी , कनैया कुमार जस्ता युवा राजनीतिक हस्तक्षेप गर्न तयार हुने तपाई हामी युवा पार्टीको नाम सुन्न साथ भाग्नु पर्ने तर्सिनु पर्ने किन ? पार्टी साधन मात्रै हाे साध्य हाेईन ईमान बद्ल्नु हुदैन तर समय परिस्थिति अनुसार बिचार बद्ल्न सक्नु पर्छ ।नेपालमा बालबालिका र युवा काे जनसंख्या अहिले ७४%  छ  याे संख्या सधैं रहदैन र देश काे लागि केही गर्नु पर्छ भन्ने युवा जमात देश बिदेशमा जहाँ भए पनि अथाह हुनुहुन्छ । हामी मुठ्ठी भर केही पुरानो नेतृत्व लाई अाफ्नाे सर्बाेपरि ठानिरहेका त छैनौं ?गुट र उपगुट काे राजनीति गरिरहेका त छैनौ? भ्रष्ट सिस्टम लाई  समर्थन त गरिरहेका छैनौ ? पहिला जे भयाे भयाे सहि भयाे या गलत भयाे त्यता तिर नअल्झेर  अब के गर्न सकिन्छ ?नेपालकाे समस्या नेपालकाे अस्तबेस्त राजनीति हाे स्पस्ट छ। अब मुद्दा काङ्ग्रेस हुने कि नेकपा भन्ने रहेन पुरानाे पुस्तालाई बिस्थापित गरि युवाहरु राजनीति मा स्थापित हुने कि नहुने भन्ने हाे। राजनीति फाेहाेर छ भनेर तपाईं सफा हुनुकाे कुनै औचित्य छैन। देशमा साधन स्रोत सम्भावना प्रसस्त छ ।हात हातमा टेक्नोलोजी पनि छ के सहि हाे के गलत हाे थाहा नभएको जनसंख्या पनि न्युनतम हाेला ।तर पनि हामी किन परिवर्तनको नजिक छैनौ? अब तपाईं कुन पार्टी काे ?म कुन पार्टीकाे  त्याे  महत्त्वपूर्ण कुरा हाेईन तर गलत  परिपाटी बदल्नु पर्छ भन्ने मा सहमति हुने कि नहुने? स्वतन्त्र नागरिक मात्रै हुने कि जिम्मेवार नागरिक पनि हुने ।अब तपाईं ले जिम्मेवारी महसुस गर्ने कि नगर्ने ।जसरि हामी हिन्दु भएको ले अरु धर्म गलत हाे भन्ने  गलत परिपाटी छ। त्यसरि हामि कुनै एक पार्टी भएकोले मात्रै अर्काे पार्टी गलत देखिरहेका त छैनौ ? फाेहाेर राजनीति सफा गर्नु अबको चुनौती हाे। याे चुनौती स्विकार गर्ने युवा ,युवा हाे जिम  गएर पाखुरा फुलाउनु युवा हुनु हाेईन त्याे पाखुरामा हिमाल पहाड तराई काे जिम्मेवारी बहन गर्न सक्नु वास्तविक युवा हुनु हाे।हामी धेरै जना नागरिक सबैले अाफु स्मार्ट भएको महसुस गर्छाैं तर जब चुनाब अाउछ अात्मघाति मत हालेर अाफ्नै सन्तानको भबिश्य माथि खेलबाड गर्छौ ।मत के हाे ? लाेकतन्त्र के हाे? यसकाे महत्त्व बुझ्नु पर्छ ।तपाईं हामी सहि र पाेलिसि मेकर गलत भयाे भन्य तपाईं हामी सहि हुनुकाे कुनै मतलब हुदैन ।पाेलिसि मेकर सहि भयाे भने अाधा समस्या त समस्या नै रहदैन जस्तै  बेरोजगारि समस्या समाधान मात्रै भयाे भने पनि नेपालीका अाधा समस्या समाधान हुन्छन, राजनीति निस्वार्थ सेवा हाे समस्या त तब भएको छ यसलाई कमाई खाने भाडाे बनाईएकाे छ। गलत राजनीति लाई गालि गरेर राजनीति सहि हुदैन तर गलत राजनीति लाई बिस्थापित गर्न सहि राजनीति स्थापित गर्न नागरिक जाग्नै पर्छ। जिन्दगी काट्न काे लागि हाेईन र सास फेर्नु मात्रै बाच्नु हाेईन ।गाउँ गाउ बाट बस्ति बस्ति बाट उठि समस्या के हाे पत्ता लगाऔ समस्या राजनीति नै हाे भने राजनीतिक हस्तक्षेप गर्न अाफुलाई तयार पारौ। जिन्दगी एउटा खेलहाे  तपाईं खेलौना बन्ने कि खेलाडि त्याे तपाईं मा निर्भर हुन्छ। अहिले काे समस्या भ्रष्ट अशक्षम राजनीतिक नेतृत्व हाे त्यसलाई मलजल गर्ने तपाईं हाम्रो मौनता हाे समस्या राजनीति हाे भन्य समाधान पनि राजनीति नै हाे।स्पस्ट रूपमा समस्याको पहिचान गरि समस्या समाधान तिर लाग्नु अबकाे अाबश्यक्ता हाे । याे समय परिवर्तनको हाे तपाईं हामी त्यसका सम्बाहक हौ।यति बेला नेपालकाे घडिमा परिवर्तनको घण्टी बजिरहेको छ। तपाईं हामी जाग्न जरुरी भैसकेको छ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा