उद्यमशीलता तालिम पश्चात् सीप तथा रोजगार प्रदर्शनी मेला धनगढीमा सम्पन्न

Fair
Fair
December 17, 7:13

धनगढी, पुस २ - 

कैलालीको धनगढीमा तीन महिने उद्यमशीलता तालिम पश्चात् सीप तथा रोजगार प्रदर्शनी मेला सम्पन्न भएको छ । डिभोटी ट्रेनिङ एन्ड रिसर्च सेन्टर प्रा.लि. र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सीप तथा रोजगार प्रदर्शनी मेला सम्पन्न भएको हो । 

मेलामा डिभोटी ट्रेनिङ एन्ड रिसर्च सेन्टर प्रा.लि.ले विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको उद्यमशीलता सम्बन्धी विकास तालिम हासिल गरेका सहभागीरूको उपस्थिति रहेको थियो । प्रा.लि.ले युनेस्कोको आर्थिक सहयोगमा तालिम तथा मेलाको आयोजना गरेको जनाएको छ । 

मेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै धनगढी उपपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बेरोजगारीको अन्त्यका लागि आफूहरूले उद्यमशीलता विकास सम्बन्धी सीपमा जोड दिएको बताए । 

डिभोटी ट्रेनिङ एन्ड रिसर्च सेन्टर प्रा.लि.का संयोजक डम्बर विष्टले परियोजना मार्फत आफूहरूले २० जनालाई ६५ दिने भूकम्प प्रतिरोधी निर्माण–डकर्मी, २० जनालाई ३० दिने च्याउ उत्पादन तथा प्रशोधन र २० जनालाई ३० दिने दालमोठ, सस तथा अचार बनाउने तालिम प्रदान गरेको जानकारी दिए । 

ट्रेनिङ सेन्टरको आफ्नै कार्यालयमा ३ महिनासम्म दिइएको तालिमलाई बिहीबार सोही मेलाका बिच सम्पन्न गरिएको छ । कोभिड लक्षित तालिममा सहभागी ६० जनालाई तालिम पश्चात् समापनका क्रममा २५ किलो चामल, ३ किलो दाल, ५ लिटर तेल र १२ पिस साबुन समेत वितरण गरिएको छ । कार्यक्रममा सिटिइभिटि सुदूरपश्चिम प्रदेशका निर्देशक नन्दराम देवकोटाले तालिमका सहभागीहरूको सिप प्रदर्शनी मेलाको अवलोकन गरेका थिए ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा