ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट एलपिएलको एजुकेसन पार्टनर
२०७७ पुस १६ गते बिहिवार
फागुन १५ गतेदेखि २४ गतेसम्म धनगढीमा हुने एलपिएलको पाँचौ संस्करणको एजुकेशन पार्टनरको रुपमा धनगढीको ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले साथ दिएको छ । फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट एजुकेशन पार्टनर भएको हो । ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट यसपालीदेखि एलपिएलमा जोडिएको हो ।
लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्को आयोजनामा हुने प्रतियोगिताको प्रायोजन सम्झौता भएको छ । आयोजकका तर्फबाट संस्थापक रामचन्द्र शाही र ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टको तर्फबाट निर्देशक रमेश विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । ओएसिस कलेज अफ होटेल म्यानेजमेन्टले पछिल्लो चार बर्षदेखि धनगढीमा होटेल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको छ ।
धनगढी चटकपुरमा रहेको होटेल फ्लोराको पछाडीतर रहेको भवनसँगै रहेको कलेजले सिटीईभिटीबाट मान्यता लिएर होटेल म्यानेजमेन्टका डिप्लोमा कोर्षहरु अध्यापन गराउँदै आएको छ । अध्यापनको साथै प्राविधिक सहयोग र रोजगारीका लागि पनि विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।
९ महिनाको पढाई र एक बर्षको ईन्टरसीप सुविधा सहित कलेजबाट पढेका ३६ जना चीनमा २३ जना भारतमा रोजगारी गरिरहेका छन् । ९ जना रोजगारीका लागि दुवई जाने तयारीमा रहेका छन् । आफै स्वरोजगार बन्नका लागि तथा विदेश जान चाहनेहरुलाई एकदेखि डेढ लाखसम्ममा होटेल म्यानेजमेन्ट कोर्ष अध्यापन गराउँदै आएको छ । यसमा पाठ्यपुस्तक लगायतका स्टेशनरीहरु निशुल्क दिने गरिएको छ ।
यो कोर्ष काठमाण्डौं लगायतका स्थानमा पढ्नका लागि महँगो रकमलिने गरिएको छ । शिक्षा र होटेलका क्षेत्रमासँगै एक दशक लामो अनुभव भएकाहरुले ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट सञ्चालन गरेका हुन् ।