धनगढी नमुना माविलाई ८ नम्बर वडा कार्यालयद्वारा पानी फिल्टर र जार सहयोग (भिडियो)

Narayan
Narayan
January 01, 7:53

धनगढी –  धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयले धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयलाई ३ वटा हट कोल्ड डिसपोन्स(फिल्टर) र ६ वटा जार सहयोग गरेको छ । कोरोना महामारी बाट बच्नका लागी स्वास्थ्य मापदण्ड आवश्यक पर्ने भएका कारण विद्यालय लाई तातो पानी प्रयोगका लागी ३ वटा हट कोल्ड डिसपोन्सर र ६ वटा जार सहयोग गरिएको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले बताए ।

Natayan

वडा अध्यक्ष बरालले वडामा आवश्यक बजेट नभएका कारण विद्यालय लाई चाहिने जति सहयोग गर्ने नसकिएको बताए । उनले वडा र उपमहानगरपालिकाको बजेटले सके जति विद्यालय लाई सहयोग गरे पनि अन्य क्षेत्र बाट केही सहयोग नभएको जानकारी दिए । उनले ८ नम्बर वडामा ८ वटा माननीय भए पनि कसैले विद्यालयका लागी काम नगरेको आरोप लगाए ।

Dhangadhi

धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका विद्यालय प्रधानाध्यापक लक्ष्मण दत्त भट्टले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विद्यालय लाई पहिलेको भन्दा धेरै सहयोग भएको बताए । उनले विद्यालयको समग्र विकासका लागी वडा अध्यक्षले खेलेको भूमिका अहम् रहेको बताए । उनले वडा कार्यालयले विद्यालय लाई सहयोग गरेको ३ वटा हट कोल्ड डिसपोन्सर र ६ वटा जारले विद्यार्थी लाई तातो पानी खान सहज हुने विश्वास व्यक्त गरे ।

भट्टले आगामी दिनमा पनि वडा कार्यालय बाट थप यस्ता सहयोगको अपेक्षा विद्यालयले लिएको जानकारी दिए । ३ वटा हट कोल्ड डिसपोन्सर र ६ वटा जार हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कैलालीका कोषाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र जोशीले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक गणेश नेपालीले गर्नु भएको थियो । 

N

फिल्टर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा अभिभावकको समेत उपस्थिति रहेको थियो । 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा