लिटल फ्लावर स्कुलको सरस्वती पूजा कार्यक्रम – तस्बिरमा हेर्नुहोस्
धनगढी -
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्री पञ्चमी’ पर्व मङ्गलवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंस वाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, बर दाहिनी, बुद्धि दात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्य यन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।
धनगढीस्थित लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले मङ्गलवार विविध कार्यक्रमसहित भव्य रूपमा वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा मनाएको छ । विभिन्न सांस्कृतिकसहितका कार्यक्रमसहित वसन्त पञ्चमी मनाइएको हो । कोरोना महामारीले एक वर्ष भन्दा लामो समयदेखि विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन हुन नपाएकाले भव्य रूपमा कार्यक्रम मनाइएको स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले बताए ।
लिटल फ्लावर बोर्डिङ हाइ स्कुलको सरस्वती पूजा कार्यक्रम तस्बिरमा हेर्नुहोस् :