युवा व्यवसायी सुसन जोशीद्धारा स्पोर्टस अवार्डको बर्ष चर्चित खेलाडी प्रायोजन

Awatd
Awatd
February 16, 7:26

धनगढी, फागुन ०४ -
धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्षको चर्चित खेलाडी विधालाई अत्तरियाका युवा व्यवसायी सुसन जोशीले प्रायोजन गरेका छन् । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्षको चर्चित खेलाडी अर्थात पिपुल च्वाईस अवार्डलाई जोशीले प्रायोजन गरेका हुन् । 
जोशी सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष हुन् । बर्षको चर्चित खेलाडी पिपुल च्वाईच विधाको नाम बिवाईसी पिपुल च्वाईच अवार्ड रहनेछ । वनदेवी युवा क्लबले विगत लामो समयदेखि विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको छ । जोशीले व्यक्तीगत रुपमा विभिन्न सामाजिक कामहरुमा पनि सहयोग गर्दै आएका छन् । 
अवार्ड अन्तर्गतको यो विधा प्रायोजन प्रायोजन सम्बन्धी सम्झौता पत्रमा युवा व्यवसायी सुसन जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच हस्ताक्षर भएको छ । 
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लबर बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने गुरुकुल सेक्युरिटीले पनि अवार्डलाई साथ दिएको छ । 
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।  अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।  यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा