धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगको भव्य सुरुवात (फोटो फिचर)

LPL 5
LPL 5
February 27, 7:37

धनगढी – धनगढीमा शनिवार विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगको भव्य सुरुवात् भएको छ । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै मेयर ओडले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै खेलकुद प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्नेमा जोड दिए।

No description available.

प्रतियोगितामा शनिवार विद्या भूषणले विजयी सुरुवात गरेको छ। धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटमा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो। उसका लागि सुवास ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए।

बलिङमा विद्या भूषणका शेर मल्लले ३, वीरेन्द्र नाथ र प्रदिप चन्दले २र२ तथा सञ्जय केसीले १ विकेट लिए।

१ सय ५३ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र वीरेन्द्र नाथले १ सय २२ रनको उत्कृष्ट साझेदारी गरे। मल्लले ७० र नाथले ३७ रन बनाए। नरेन साउँदले अविजित रहदै २६ रन बनाए।

लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिएपनि जितका लागि पर्याप्त भएन। खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए।

लिग कम नक आउटका आधारमा प्रतियोगिता भइरहेको लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको शाहीले जानकारी दिए। जसमा काठमाडौं र कञ्चनपुरका २र२, रुपन्देही र दाङका एकरएक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। यस्तै, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५र५ हजार प्रदान गरिने छ। म्यान अफ द म्याचले १ हजार ५ सय पाउने छन्।


तस्बिरहरू:

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.No description available.No description available.No description available.

 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा