पूर्व मन्त्री सोडारीद्वारा विद्यालय भवनको शिलान्यास

Sodari
Sodari
March 01, 10:15

 कैलालीको गौरीगंगा नगरपालिका वडा न. - ६ बनबेहडा स्थित बिणा विद्या मन्दिरको दुई कोठे पक्की भवनको आज सोमबार एक समारोह बिच सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीले शिलान्यास गर्नु भएको छ ।

विद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै पूर्व मन्त्री सोडारीले निर्वाचित क्षेत्रको विकासका लागि पहिलो पूर्वाधार भौतिक निर्माण भएकाले सो कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनु भयो । अब भौतिक निर्माण सँगै शैक्षिक र सामाजिक विकास तर्फ आफ्नो ध्यान केन्द्रित रहेको उहाँले बताउनु भयो । जनप्रतिनिधि सधैँ जनता प्रति उत्तरदायी हुनु पर्ने भन्दै पूर्व मन्त्री सोडारीले आफू निर्वाचित क्षेत्रको चौतर्फी विकासमा ध्यान दिनु हरेक जनप्रतिनिधिको दायित्व रहेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गौरीगंगा नगरपालिका वडा न.६ की वडा अध्यक्ष कमला शर्मा विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बिणा विद्या मन्दिर  विद्यालय व्यवस्थापन समितिका सदस्य दानबहादुर कुँवरले स्वागत मन्तव्य गर्नु भएको सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष कमला शर्मा,अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक उजिर सिंह कुँवर, समाजसेवी पुरन सिंह कडायत लगायतले पूर्व मन्त्री सोडारतको खुलेरै प्रशंसा गर्नु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा