कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः तीन विधाको मनोनयन सार्वजनिक

Photot
Photot
March 07, 6:18

धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरिएको छ ।  वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले तीन वटा विधाका मनोनयन सार्वजनिक गरिएको जानकारी दिएको छ ।

आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष र तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला तथा निसर्ग हस्पिटल बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । निसर्ग हस्पिटल बर्षको युवा खेलाडीको मनोनयनमा कुस्तीकी संगीता धामी, फुटबलका अर्पण कार्की र भलिबलकी पुनम चन्द परेकी छिन् ।

संगिताले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिईन् । अर्पण कार्की सागमा नेपालले स्वर्ण जित्ने टोलीका सदस्य हुन् । पुनम सागमा रजत तथा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टोलीकी सदस्य हुन् । यो विधालाई धनगढीको निसर्ग हस्पिटलले प्रायोजन गरेको छ । 

  माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका शेर मल्ल र क्रिकेटकै सुवाश ऐर मनोनयनमा परेका छन् । यो विधालाई धनगढीको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको छ । तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला विधामा कबड्डीकी जयन्ती बडु, खो खो की पुजा ओड र कुस्तीकी सिंवाङगी दुवे मनोनयनमा परेका छन् । यो विधालाई धनगढीको तिवारी मेडिसिन डिष्टिव्युर्टसले प्रायोजन गरेको छ । 

कैलाली हस्पिटल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सह प्रायोजक मेरो रेडिमेड उद्योगका सञ्चालक मदन कुँवर, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थ पन्त र माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले मनोनयन सार्वजनिक गरे ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल,  मेरो रेडिमेड उद्योग र घोडाघोडी हस्पिटल सह–प्रायोजक रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।

त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । नवजीवन सहकारी संस्था लिमिटेड को–अपरेटिभ्स पार्टनर र ओसन पब्लिकेसन एजुकेसन पार्टनरको रुपमा रहेको छ । धनगढी बसपार्कमा रहेको मिश्रा जनरल स्टोर र एलएनचोकमा रहेको शम्भु पुस्तक भण्डारले पनि अवार्डलाई सहयोग गरेको छ । 

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।  

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।  

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा