मुक्त कमैया एक जुट भएर अघि बढ्न जरुरी छ : संविधानसभा सदस्य हरि श्रीपाइली 

Hari shripailai
Hari shripailai
March 08, 7:11

धनगढी - संविधान सभाका सदस्य तथा हलिया मुक्ति र कमैया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले मुक्त कमैयाका थप समस्याहरू सम्बोधनका लागि अब सबै मुक्त कमैयाहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुरजन्नामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

उक्त कार्यक्रममा उहाँले ८ जना मुक्त कमैयाका वृद्ध तथा उद्यमशील महिलाहरूलाई सम्मान समेत गर्नु भएको थियो । मुक्त कमैयाका नेता कौशिल्ला चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सीमा चौधरी, नारायण चौधरी, सीता राम चौधरीले मन्तव्य राखेका थिए भने कार्यक्रममा सञ्चालन यस नेपालका नेता नन्द जोशीले गर्नु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा