चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगः भोलि सेमिफाइनलका खेल 

LPL 5
LPL 5
March 11, 7:45

धनगढी - धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा सेमिफाइनलका खेलहरु शुक्रबार हुदैछन् । वुधबार लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन भने विहीवार कुनै खेल नराखिएको आयोजकले जनाएको छ ।  

कञ्चनपुरको दोधारा चाँदनीको शारदा सरस्वती, धनगढीको लिटल फ्लावर स्कुल, बौनियाको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए को विजेता हिमालयन ह्वाइट हाउस र समुह सी को विजेता शारदा सरस्वती शुक्रबारको पहिलो सेमिफाईनलमा प्रतिस्पर्धा गदैछन  ।

त्यस्तै दोस्रो सेमिफाईनलमा समुह बी को विजेता लिटल फ्लावर र समुह डी को बाल बाटिका स्कुल बौनिया प्रतिस्पर्धा गर्दैछन । १६ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा सहभागी स्कुललाई चार समुहमा विभाजन गरिएको थियो । समुह विजेताहरु सेमिफाईनल पुगेका हुन् । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा