प्रादेशिक महोत्सबको तयारी अन्तिम चरणमा
मोहन पनेरु
डोटी, फागुन ११
व्यापारीहरुको सँस्था चेम्बर अफ कमर्स डोटीको आयोजनामा यहि फागुन १७ देखि २७ गते सम्म दिपायलमा आयोजनामा हुने प्रादेशिक महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सबको उद्घाटन पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) ले फागुन १७ गते दिउसो ११ बजे दिपायल पिपल्लामा गर्नु हुने डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँदले जानकारी दिनु भयो ।
महोत्सब तयारीको बारेमा जानकारी दिने उद्देश्यले आज डोटीको पिपल्लामा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार महोत्सबको सबै तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका तयारीका क्रममा मन्च व्यवस्थापन, गेट निर्माण, स्टल निर्माण, कलाकारहरुको छनौट, प्रचार प्रसार, अतिथीहरुलाई निमन्त्रणा गर्ने लगायतका कार्य धमाधम भईरहेको छ ।
‘सेतीको हिरा खप्तडको मोती, व्यापार–कृषि –पर्यटन र जलश्रोतबाट बनाउछौं समुन्नत डोटी’ भन्ने मूल नाराका साथ डोटी चम्बर अफ कमर्सद्वारा आयोजना गरिन लागिएको उक्त प्रादेशिक महोत्सबको मुख्य आकर्षणहरुमा हेलिकोप्टरबाट सुदूरपश्चिमका प्रमुख पर्यटकिय, धार्मिक स्थलहरुको अबलोकन रहेको छ । यसै गरि महोत्सबका क्रममा सञ्चालन गरिने निःशुल्क आँखा शिबिर अन्तरगत आँखा जाँच, औषधी तथा चस्मा वितरण, आँखाको शल्यकृया तथा ३० वटा नानी प्रत्यारोपाणका साथै निःशुल्क स्वास्थ्य शिबिर अन्तरगत स्वास्थ्य चेकजाँच तथा औषधी बितरण गर्ने कार्यक्रम रहेको छ ।
लोक तथा डेउडा गीत प्रतियोगिता, सुदूरपश्चिमको कला सँस्कृति झल्किने झाँकी प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, रमाईलो मेला तथा वाल उद्यान्न, सेती नदीमा ¥याफ्टिङ्ग पनि महोत्सबका आकर्षण रहेका छन् । लोक तथा डेउडा गीत प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दितियलाई ३० हजार र तृतिय हुने टिमलाई २० हजार पुरस्कार दिईने भएको छ । डोटी जिल्लाका ग्रामीण क्षेत्रका कृषक तथा उद्यमीहरुले आफुले उत्पादन गरेका कृषि उपजहरु, उत्पादित बस्तुहरु, स्थानीय परिकारको प्रदर्शन तथा बिक्रि बितरण पनि महोत्सबका क्रममा गरिने छन ।
हेलिकोप्टरबाट भ्रमणको लागि टिकट तथा स्टलको बुकिङ्ग गर्ने कार्य धमाधम भईरहेको समेत डोटी चेम्बर अफ कमर्सले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनु पनि महोत्सबको आयोजना गरीएको सो सँस्थाका सतिब तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उदेश्य भनेको महोत्सव आयोजना गर्ने मात्रै हैन,नेपाल भ्रमण वर्षलाई सफल पार्नु पनि हो ।”