आयोग तयारी सामग्री
२०७८ जेठ २५ गते मंगलबार
नेपालको भूगोल (खोजमूलक सामान्य ज्ञान)
1. सन् १८६५ भन्दा अगाडि सगरमाथालाई के नामले चिनिन्थ्यो ? पन्ध्रौ चुली ( जर्ज एभरेष्टले सन् १८५२ मा सगरमाथालाई विश्वको सबैभन्दा अग्लो शिखर घोषणा गरेका र सन् १८६५ मा यसको नाम माउन्ट एभरेष्ट राखेका )
2. २९०२९ फिट अग्लो रहेको सगरमाथा कहाँ अवस्थित छ ? खुम्बु पासाङल्हामु गाँउपालिका वडा नं १ मा
3. जासम्बा हिमाललाई अर्को के नामले पनि चिनिन्छ ? पासाङ ल्हामु चुली (७३५१ मिटर)
4. नेपालमा सर्वप्रथम आरोहण गरिएको हिमाल कुन हो ? अन्नपूर्ण (सन् १९५० जुन ३ मा फ्रेञ्च नागरिक मौरिच हेरजोग र लुइच ल्याचनेलले आरोहण गरेका)
5. बाबुराम आचार्यले कहिले माउन्ट एभरेष्टलाई सगरमाथा भनि नामांकरण गरे ? सन् १९५६ ( वि.सं. २०१२)
6. रूपैडिया नाका कुन जिल्लामा पर्दछ ? बाँके (नेपालगञ्ज)
7. तिलिचो ताल कँहा अवस्थित छ ? मनाङको नेस्याङ गाँउपालिका वडा नं ९
8. प्रसिद्ध तारे गुम्बा कुन जिल्लामा पर्दछ ? मनाङ
9. ३६११.५ मिटर उचाइमा अवस्थित फोक्सुण्डो तालको अधिकतम गहिराइ कति रहेको छ ? १३६.२० मिटर
10. च्छो रोल्पा हिमताल कति उचाइमा अवस्थित रहेको छ ? ४५८० मिटर उचाईमा