Aagan-cakes-web-banner-2

अत्तरिया चोक मर्मतको काम सुरु

dhn
June 09, 5:14

कैलाली,जेठ २६ 
कैलालीको अत्तरिया चोकमा मर्मतको काम सुरु भएको छ । वर्षातमा हिलाम्मे र सुख्खामा धुलाम्मे हुँदै आएको चोकको मर्मतको काम सुरु भएको हो  ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत सडक मर्मतको काम थालिएको हो । वैशाख पहिलो सातादेखि मर्मतको काम सुरु हुने बताइएकोमा निषेधाज्ञाका कारण ढिलो भएको हो । 
भुवन निर्माण सेवाले ९० लाखमा सडक निर्माणको काम सुरु गरेको डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनले चोकमा कालोपत्रे गरिँदा ६ लेन सडक कै लेवल मिलाइने बताए ।
अहिले मोहनापुल–अत्तरिया ६ लेन सडक बनेपछि अत्तरिया चोक सो सडक भन्दा करिब आधा मिटर गहिरो भएको छ । जसले गर्दा थोरै पानी पर्दा पनि चोक जलमग्न हुने गरेको छ । चोकमा कालोपत्रे ठाउँ–ठाउँमा फुटेका कारण चोक हिलाम्मे र धुलाम्मे हुने हुँदै आएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

सिंहले कैलालीको ट्राफिक कमान्ड सम्हाले यता ५० प्रतिशत घट्यो…
कैलाली - भूगोल र जनसङ्ख्याका हिसाबले कैलालीमा शान्ति सुरक्षा कायम गर्न तथा सडक दुर्घटना न्यूनीकरण… विस्तृतमा
सुदूरपश्चिममा भारतबाट गौरिफन्टा हुँदै आएका ५४ जनामा कोरोना…
धनगढी,२१ पुष / सुदूरपश्चिममा भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिने दर ह्वात्तै बढेको छ ।… विस्तृतमा
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको…
धनगढी - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना… विस्तृतमा
आज सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदै
डोटी – आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ… विस्तृतमा