सङ्घीयतामा स्थिर सरकारको नारा त्रिलोचन भट्टले स्थापित गरे : सांसद जोशी (भिडियोसहित)

Mahends Datta Joshi
Mahends Datta Joshi
June 11, 6:48

धनगढी, 
देशमा राजनीतिक उथलपुथल भए पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा सहजै विश्वासको मत प्राप्त गर्न सकेको भन्दै प्रदेश सांसद महेशदत्त जोशीले सङ्घीयतामा स्थिर सरकारको नारा स्थापित भएको बताएका छन् । बिहीबार प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रवारबाट छलफल सुरु भएको छ । सोही छलफलका क्रममा जोशीले मुख्यमन्त्री भट्टको प्रशंसा गर्दै यस्तो बताएका हुन् । ‘स्थिर सरकारको नारा हाम्रो सङ्घीयतामा उहाँले स्थापित गर्नु भयो ।’ उनले भने, ‘प्रदेश सभामा तत्कालीन समयमा मुख्यमन्त्रीको पक्षमा ३९ मत थियो अहिले घटेर ३० मा पुग्यो  तर सरकार क्षमतावान् नै छ, किनकि सरकारले विपक्षमा पनि भोट घटाएर ९ मा झारेको छ । यो मुख्यमन्त्री ज्यूको क्षमता विकास, कार्यकुशलता, उहाँको विद्वतापूर्ण क्षमता हो । उहाँले यस्तो सङ्कटको घडीमा पनि सरकार टिकाउनु भएको छ । उहाँलाई अपमानित गर्नेहरू पनि अहिले पछाडि हटेका छन् । म यसको मुक्तकण्ठले प्रशंसा गर्दछु ।’ 

जोशी माओवादी केन्द्रबाटै निर्वाचित सांसद भए पनि उनी विगतबाटै सरकारका नराम्रा कदमको खरो आलोचना समेत गर्दै आएका छन् । शुक्रवार पनि प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफल गर्दै गर्दा प्रदेश सभा व्यवस्थापनमा सरकारले चासो दिन नसकेको प्रसङ्गमा उनले मुख्यमन्त्रीको क्षमताको प्रशंसा गरेका हुन् । छलफलमा खर्चेको अन्य समय भने उनले सरकारलाई प्रशंसा भन्दा बढी सुझाव दिएका थिए । उनले छलफलका क्रममा पनि भने, ‘म सत्ता पक्षकै सांसद भए पनि सरकारको आलोचक पनि हुँ त्यसैले यो सरकार पुरै ५ बर्ष टिकोस् भनेर शुभकामना दिन चाहन्छु र त्यसका लागि सरकारले केही कुराहरू अझै सुधार्नुपर्ने छ ।’ 
एमालेको घर झगडाले विश्वासको मत माग्ने दबाबमा पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले गत मङ्गलवार बहुमतका लागि २७ मत आवश्यक हुँदा ३० मत पाएका थिए । उनको विपक्षमा ९ मत परेको थियो । नेकपाको गठबन्धनमा मुख्यमन्त्री हुँदा उनी ३९ जना सदस्यको मत पाएर मुख्यमन्त्री भएका थिए । 

भिडियो

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा