विद्यालयले एसईई मूल्याङ्कन नतिजा असार २० भित्र बुझाउनुपर्ने

nnn
nnn
June 13, 9:40

जेठ ३०, काठमाण्डौ – 
विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने निर्णय भएको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष पौडेलका अनुसार नयाँ कार्यविधि सोमवार (भोलि) सार्वजनिक गरिँदै छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोकेअनुसार रुजु गरी प्रमाणित गर्नुपर्छ । त्यो मूल्याङ्कनको नतिजाको हार्ड कपी, सफ्ट कपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउने अध्यक्ष पौडेलको भनाइ छ ।
यस्तै इकाइले विद्यालयले बुझाएको मूल्याङ्कन नतिजा रुजु एवम् प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्ने कार्यविधिमा भनिएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा