जयराज पन्त र पूर्णानन्दभट्ट स्मृति पुरस्कार वितरण

hhggh
hhggh
March 15, 2:36

डोटी, कार्तिक १७ – आफ्नो स्थापना कालदेखि नै डोटीमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको नेपाली लेखक संघ डोटीले आज ुशिखर सांस्कृतिक, साहित्यिक तथा स्रष्टा सम्मानु कार्यक्रम समापन गरेको छ ।नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउंदको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री एन पी साउंद प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा जयराज पन्त स्मृति लोकसाहित्य पुरस्कार र पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार २०७५ वितरण गरिएको छ ।

लोक संस्कृतिका अध्येता डा। बद्रीशर्मा विनाडीलाई जयराज पन्त स्मृति पुरस्कार र प्राज्ञ वासुदेव पाण्डेयलाई पूर्णानन्द भट्ट स्मृति पुरस्कार दिइएको छ । पुरस्कारको राशी एघार हजार एक सय एघार र दोसल्ला र सम्मान पत्र रहेको छ । नेपाली लेखक संघ डोटीले प्रा।डा। जयराज पन्त र वरिष्ठ छन्द कवि पूर्णानन्द भट्टको नाममा अक्षय कोष स्थापना गरी उहांकै सम्झनामा क्रमश ज्ञज्ञहजार ज्ञ सय एघार राशीको पुरस्कार स्थापना गरी प्रत्येक वर्ष वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो पटक यस वर्ष अर्थात २०७५ मा पुरस्कार वितरण गरेको हो ।
यसै क्रममा मूर्तिकार रबिन्द्र चन्द,डेउडे गगन सिंह साउद र साहित्य प्रेमी नरेन्द्र खड्कालाइ पनी दोसल्ला र सम्मान पत्र ओढाई सम्मान गरिएको छ ।

शिखर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका केन्दीय सदस्य कैलाश पाण्डेय साहित्यकार निर्मला बोगटी, पवन महारा गीता स्मृति कठायत,संतमान तमांग,चक्र मिलन सरिता कठायतलगायत तमामौं साहित्यकारहरूको उपस्थिति रहेको थियो ।३
कार्यक्रमका बिसिस्ट अतिथि पूर्व सासंद बहादुर थापा,शिखर नगर पालिकाका प्रमुख सीताराम जोशी रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एन पी साउंदले हामीतीर मरेपछि मात्र सम्मान गर्ने गलत संकार रहेको यो संकारको अन्त्य लेखक संघले गरेको बताउदै आफुले गरेको कर्मको फल जिउदै पाउनु पर्ने उल्लेख गर्नु भएको छ । कार्यकमको सञ्चालन लेखक संघ डोटिका सचीप तोयनाथ भट्टले गर्नु भएको थियो भने स्वागत मन्तब्य सदस्य जीतेन्द्र रावलले गरेका थिए । कार्यक्रममा स्रष्टाहरुले रचना समेत बाचन गरेका थीए ।

जयराज पन्त बारे :
लोक संस्कृति विद् तथा डोटेली भाषा साहित्य र कलाका सच्चा सेवक प्रा।डा। पन्तको जन्म वि।स। २०१० चैत्र १५ गतेका दिन
(आमा राधादेवी पन्त र बुवा दयानिधी पन्त) शिखर न.पा. जिजोडामाण्डौ ९ जैनोलीमा भएको हो । आफ्नो जीवनकालमा प्राध्यापन पेशाका साथै लोक संस्कृतिको अध्ययन अनुसन्धानमा समय व्यतीत गरेका पन्त राष्ट्रिय प्रतिभा हुन् । उनले लोक संस्कृतिको क्षेत्रमा जे जति कार्य गरे त्यो योगदान हो जुन अतुलनीय र अविस्मरणीय छ । अँजुलीभरी सगुन पोल्टाभरि फाग (२०५५), डोटेली धमारी गीत एक अध्ययन (२०६४), मष्टा परम्परा र त्यसका गीतहरू, (२०६४) डेउडा, (२०६४) डोटेली गौरा पर्वका गीत र गाथाहरू, डोटेली भो पर्वका गीत र गाथाहरु (२०६४) शैलेश्वरीको माहात्म्य र तिनका केही गीत (२०६५), श्री भुवनेश्वरी (२०६८), प्रा. शिव गोपाल रिसाल (२०७३) जयराज पन्तका बैचारिक बिरासत (२०७४) प्रकाशित कृतिहरू हुन् भने वत्स गोत्रीय डोटेली पन्त वंश, डोटेली केही प्रतिनिधि गाथाहरू, भारत (हुड्केली) एक अध्ययन, डोटेली होरी पर्वका गीतहरू, डोटेली र कुमाउँनी लोकगीत, जस्ता कृतिहरू अप्रकाशित अवस्थामा छन् । लोक संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सरकारी र गैर सरकारी सङ्घसंस्थाहरूबाट विभिन्न पुरस्कार तथा पदक र मानसम्मानले सम्मानति भएका थिए ।

पूर्णानन्द भट्ट बारे :
राष्ट्रिय स्तरमा चर्चामा आउन सफल साहित्यकार भट्टको जन्म १९९० सालमा डोटी जिल्लाको जोरायल गाउँपालिका १ बडाखेतमा भएको हो । यिनका हालसम्म अभिषाप (२०३६), डोटेली लोकलहर (२०३७), अर्तनाद (२०३९), कविता तरङ्ग (२०३९), वन्देवी (२०४०), बिलापी खण्डकाव्य (२०४०), शन्ति विज्ञान महाकाव्य (२०५३), नानो जात्क (२०५६), शान्ति मन्दिर (२०४८), गाउँकला चम्पुकाव्य (२०४५), प्रजातन्त्र बालक (२०५१), बिलापी भाग २ (२०६४ं) कविता मिलन (२०६७) र रघुनाथ (२०७५) आदी कृतिहरू प्रकाशित छन् ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा