Aagan-cakes-web-banner-2
news

वर्षातले बाटो अवरुद्ध हुँदा  खनिसकेको आलु खेतमै अलपत्र

doti news
June 15, 1:58

असार १, डोटी ।
निरन्तरको वर्षातका कारण बाटो अवरुद्ध हुँदा डोटीको जोरायल गाउँपालिका वडा नंं १ तोली गाउँका किसानले खनिसकेको आलु खेतमै अलपत्र परेको छ ।
तिलाचौड तरकारी ब्लक समन्वय समितिका अध्यक्ष खडक मल्लका अनुसार झण्डै २ सय ३० क्विण्टल जति खनिसकेको आलु खेतमै रहेको छ ।
गत जेठ २६ गते रातीको मुसलधारे वर्षातका कारण तोली गाउँ लगाएत आसपासका गाउँसम्म जाने कच्चि सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको थियो । त्यसैमा जेठ ३० गते रातीबाट मंगलबारसम्म अविरल ३ दिनसम्म परिरहेको वर्षातका कारण उक्त कच्ची सडक झन–झन बिग्रँदै गएको स्थानीय किसानले बताएका छन् ।
सो क्षेत्रमा करिब ६५ घरपरिवारले लगभग ५५ क्विन्टल जति आलुको बिउँ रोपेको ग्रामिण कृषि कार्यकर्ता समेत रहेका किसान मल्लले जानकारी दिए । जहाँ एकै जना किसानले ७ क्विण्टलसम्म आलुको बिउँ रोपेका छन् ।
किसानले बोकेर मुख्य सडकसम्म लैजान सम्भव नभएको र गाडी जाने सडक अवरुद्ध भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिन त्यहाँका किसानहरुले अपील गरेका छन् । तोली गाउँमा करिब १ हप्तापश्चात क्विण्टलका हिसाबले टमाटर उत्पादन हुने तयारीमा रहेको बताईएको छ । टमाटर भने तुरुन्तै बजारमा पुर्याउन नसके बारीमै कुहिने खतरा हुन्छ ।
आफुहरुको लामो समयदेखिको कडा परिश्रमले फलाएको आलु लगाएतका कृषि उत्पादनहरु बजारसम्म लैजान जोरायल गाउँपालिका १ अन्तरगत भीमदत्त राजमार्गको गोल्डेनदेखि सो गाउँपालिका वडा नं. ४ को बगस्ती बागखोरसम्म अवरुद्ध सडक खोलिदिन गाउँपालिकासँग विशेष अनुरोध गरेको किसानहरुको भनाई छ । वर्षात रोकिएपश्चात अवरुद्ध सडक छिट्टै खोल्ने सम्बन्धीत वडा र गाउँपालिकाले आश्वस्त पारेकाले किसानहरु आशावादी बनेका छन् ।  किसानले उत्पादन गरेका कृषि उपज जतिसक्दो छिटो बजारीकरणका लागि सबैले सहयोग गर्नुपर्ने कृषि ज्ञान केन्द्र डोटीका प्रमूख नरेन्द्र पनेरुले बताए । यस वर्ष आलु उत्पादन राम्रै भए पनि खन्ने समयमा लगातार पानी परेकाले आलुमा केहि समस्या हुनसक्ने पनि उनले बताए । तोली गाउँका किसानहरु कृषि ज्ञान केन्द्रमार्फत लागु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत ब्लकका रुपमा तरकारी खेतीमा आवद्ध छन् । यसपूर्व पनि लामो समयदेखि सो क्षेत्रका किसानहरु तरकारी खेती गर्दै आएका छन् ।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

आमाको १२ हजारको गहनाले बनायो करोडपति
कैलाली, जेठ २७     कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखि उद्योगी बन्न चाहन्थे । तर… विस्तृतमा
एउटा इन्जिनियरको `पागलपन´:१५३ करोडमा गाई फार्म
२०७७ साउन८ गते  पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’… विस्तृतमा
धनगढीको वडा नं १७ लाई आँपगाउँ बनाउने अभियान थालनी 
धनगढी, २५ असार -  धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको… विस्तृतमा
आज असार १५ अर्थात धान दिवस: सुदूरपश्चिममा औपचारिक कार्यक्रम…
धनगढी, असार १५ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ… विस्तृतमा