नाली निर्माणको काम अलपत्र सडक हिलाम्मे 

nali nirman
nali nirman
June 16, 5:39

टिकापुर ,असार २ 
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक ‘ए’ मा शहरी विकास मन्त्रालयको स्मार्ट सिटी अन्र्तगत नाली निर्माणको काम अलपत्र परेको छ । विगत चार महिनादेखि नाली निर्माणको काम रोकिएको छ । करिव आठ करोड ३५ लाख रुपैयाँ बराबरको लागतमा निर्माण भइरहेको  नाली निर्माणको काम अलपत्र परेसँगै मुख्य बजार क्षेत्र रहेको ब्लक ‘ए’का प्रायः सबै सडक हिलाम्मे बनेका छन् ।
सामान्य वर्षामै सडक जलमग्न हुन थालेका छन् । कालोपत्रे गरिएका सडकमा समेत ठूलठूला खाल्डा परेका छन । सडकमा पानी जमेर खाल्डा परेपछि हिँडडुलमा निकै कठिनाई भइरहेको छ । नगरपालिका कार्यालय वरीपरीको सडकसमेत हिलाम्मे बनेको छ ।सडकमा हिँडडुल गर्न नमिल्ने बनेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन । उनीहरु नगरपालिकाको लापरवाहीका कारण सडकमा पानी जमेको आरोप लगाउँछन् ।  
सामाजिक सञ्जालमा सिद्धार्थ चोकदेखि अस्पताल लाइन जाने बाटो जलमग्न भएको तस्विर राख्दै स्थानीय पपुलर फेन्सीका सञ्चालक बासुदेव पौडेलले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनको तस्बिरमा  थुप्रै स्थानीयले आ–आफ्नो ठाउँको तस्बिर राखेर नगरपालिकाको चर्को आलोचना गर्दै कमेन्ट गरेका छन् । स्थानीयले राखेका प्रायः सबै तस्बिरमा सडक जलमग्न भएको देख्न सकिन्छ । निर्माण कम्पनी एम.के. विल्डर्स एण्ड कन्ट्रक्सन प्रालिले शहरी विकास मन्त्रालयले भेरियसन अर्डर नगरेका कारण काम रोकिएको बताएको छ । सञ्चालक चक्र शाहले सर्भे पछि तयार पारिएको डिजाइन र काम गर्दैै गर्दा क्वान्टिटीमा फरक परेकाले भेरियसन अर्डर गर्नु परेको बताए । ‘भेरियसन अर्डर गर्न माग गरेका छौं तर मन्त्रालयले २÷४ दिन भनेर टार्दै आएको छ’, उनले भने, ‘तत्काल काम सुचारु हुने सम्भावना छैन ।’ सम्झौता अनुसार करिव डेढ वर्षअघि सुरु भएको नाली निर्माणको काम यही साउन २१ गते भित्र सक्नुपर्नेछ । निर्माण पक्षले नालीको काम सम्पन्न पश्चात सडक कालोपत्रे समेत गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर अहिलेसम्म नाली निर्माणको काम समेत सम्पन्न हुन सकेको छैन ।  
 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा