देशभर मनसुनी वायुको प्रभाव कायमै, भारि वर्षा हुने सम्भावना

news
news
June 17, 8:34

कैलाली असार, ३ 
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि  पूर्ण बदली रहने छ । हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको छ ।
अहिले देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
देशका अधिकांश स्थानहरुमा  हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केहि भूभागमा मेघगर्जन, चट्याङ्ग सहित भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक  सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध 
 गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा