कंचनपुरको कृष्णपुर नगरपालिकाका मेयरमाथि होटल संचालकलाई धम्क्याएको आरोप

news mnr
news mnr
June 18, 4:44

धनगढी, ४ असार,खप्तड अनलाइन
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोप लगोको छ ।उनले राति  गोदावरीको गौरब होटलमा आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको आरोप लागेको हो ।
होटलका संचालक गिरिकी छोरी कृतिमा गिरिका अनुसार नगरप्रमुख हमाल सहितका ४ जनाको समुहले रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिएका थिए ।राति १० बजेर १० मिनेट भएकाले आफूहरुको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने फोहोर- फोहोर गाली गलौच गर्दै उल्टै धम्की दिएको उनले बताइन् ।
"मेरो बुवाले धेरै आग्रह गर्नुभयो तपाई जस्तो मान्छेले यस्तो गर्नुभएन जानुहोस भन्दा पनि उल्टै मेरो बुवालाई पछि देखाउछु भन्न थाले तिमिहरुको होटेल सिल गर्दिन्छु भन्दै धम्की दिए" गिरिले बताईन।
उनले आफूले नगरप्रमुखलाई राम्रोसंग चिन्ने हुदाँ उनलाई चिनेपनि अन्य ब्यक्ति को हुन् सरकारी गाडी कसको भन्ने भने थाहा नपाएको बताइन् । उनले जनताको सेवा गर्नका लागि जनताको भोटले जनप्रतिनिधि भएकाहरुको यस्तो हर्कतले आफु र आफ्नो समाज झनै असुरक्षित रहेको बताइन् ।अरु ठाउँवाट रक्सीले मात्तिएर आएर आफु र आफ्नो परिवारमाथि दमन गर्दै धक्की दिने नगरप्रमुख सहित उनीसंग भएका सबैलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन उनले माग गरेकी छन् ।उनले आफ्नो सामाजिक संजालमा एउटा स्टाटस हाल्दै यसरी दुख ब्यक्त गरेकी हुन।
यस बिषयमा नगरप्रमुख हमाललाई बुझ्न खोज्दा उनीसङ्ग सम्पर्क हुन सकेन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा