बैतडीमा चितुवा प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण 

baitadi
baitadi
June 19, 9:03

बैतडी,असार ५ –बैतडीमा चितुवा प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण गरिएको छ । मेलौली नगरपालिका वडा नं ८ र ९ का ४० घरपरिवारलाई सोलार सेट वितरण गरिएको नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन् । 
चितुवा प्रभावित क्षेत्रका नागरिकलाई उज्यालोको लागि सोलार वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । नगरपालिकाको सिफारिशमा विद्युत नपुगेका प्रभावित क्षेत्रका नागरिकलाई सोलार वितरण गरिएको उनले बताए । उनले भने ‘प्रभावित क्षेत्रका नागरिकलाई चितुवाको आक्रमणबाट बचाउनका लागि हामीले सोलार वितरण गरेका हौं । अध्याँरोका कारण पनि चितुवाको आक्रमण भएको पाइएकाले हामीले सोलार वितरण गरेका हौं ।’
रातीको समयमा चितुवा सक्रिय हुने भएकाले स्थानीयहरुलाई उज्यालो होस भनेर सोलार वितरण गरिएको पराजुलीले बताए । गत बर्ष सो क्षेत्रमा चितुवाको आक्रमणबाट एकजनाको ज्यान समेत गएको थियो । चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई यसअघि नै दशलाख क्षतिपूर्ती उपलब्ध गराईसकेको डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए । 
तल्लोसोराड क्षेत्रका अन्य पालिकाका प्रभावित क्षेत्रका नागरिकलाई यसअघि ३ सय सेट सोलार वितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । बैतडीको तल्लोसोराड क्षेत्रमा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा