बैतडीमा पहिरोले कैलापाल माविको भवनमा क्षति 

news
news
June 19, 9:13

बैतडी,असार ५ 
लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ को कैलपाल मावि झाड्बोको भवनमा क्षति पुर्याएको छ । विद्यालय भवनको माथिपट्टीबाट शुक्रबार राती खसेको पहिरोले विद्यालयको तीन कोठे भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महराले जानकारी दिए । 
करीब ६ बर्ष पहिला ८ लाखको लागतमा निर्माण भएको सो भवनमा पहिरोले क्षति पुर्याएपछि पठनपाठनका लागि समस्या हुने उनले बताए । उनले भने ‘विद्यालय भवनको छाना भत्किएको छ । कोठाभित्रै पुरै पानी पसेको छ । हामीलाई अब पठनपाठनका लागि समेत समस्या भएको छ ।’
पहिरोले विद्यालय भवनको छानो भत्किएको छ भने कोठाभित्र पानी पसेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको पढाई हुने भवनमा क्षति पुगेपछि तत्कालै समस्या भएको उनले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा