कोरोनाबाट बैतडीमा थप एकजनाको मृत्यु

कोरोनाबाट बैतडीमा थप एकजनाको मृत्यु
कोरोनाबाट बैतडीमा थप एकजनाको मृत्यु
June 22, 1:36

बैतडी,असार ८–कोरोना संक्रमणबाट बैतडीमा थप एक जनाको मृत्यु भएको छ। यससँग मृत्यु हुनेको संख्या १८ पुगेको छ।जिल्ला अस्पतालमा उपचाररत दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। ती वृद्धमा गत जेठ २६ मा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।
जिल्ला अस्पतालमा अहिले कोरोनाका बिरामीको संख्या शून्य रहेको छ। अहिले जिल्लामा दैनिक संक्रमणदर घट्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले ६८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका सिआइसिटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन्।
सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११ र मेलौली नगरपालिकामा ६ जना रहेका छन्।
यस्तै, पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा दुई, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा