कंचनपुरको बेलडाँडी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

कंचनपुरको बेलडाँडी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान
कंचनपुरको बेलडाँडी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान
June 23, 10:26

कञ्चनपुर, ०९ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो । राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान (रौतेली स्वास्थ्य चौकी), थर्मलगन १ थान, पल्स अक्सिमिटर १ थान,  मास्क १ हजार थान, ग्लोब्स १ सय थान, फेस सिल्ड २० थान, गाउन ५० थान, एन्टीजिन कीट ५० थान, भिटिएम कीट ५० थान, फ्लो मिटर ३ थान र नसल पाइप १ थान लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
त्यसक्रममा, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले कञ्चनपुर क्षेत्र नम्बर १ का नागरिकहरूले कोभिड महामारीको समयमा खेप्नु परेको दुःखमा मल्हम लगाउन विभागसँग अत्यावश्यक स्वास्थ्य सामग्री माग गरिएको बताउनु भयो । माग भएका सबै सामग्रीहरू विभागबाट प्राप्त नभए पनि केही सामग्री प्राप्त भएको उल्लेख गर्नुभयो । प्राप्त सामग्रीहरू कञ्चनपुर क्षेत्र नम्बर १ का विभिन्न स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको र थप सामग्रीका लागि पुनः विभागमा माग गरिने उहाँको भनाइ छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले विभागबाट स्वास्थ्य सामग्री ल्याई बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले आगामी दिनमा एक्सरे र भिडियो एक्सरे मेसिन सहित थप सहयोगको अपेक्षा गर्नुभयो ।
नेकपा एमालेका नेता खेम सुवेदीले कोभिडका कारण सिंगो विश्व नै छिन्नभिन्न भएको अवस्थामा महामारीसँग लड्न नेपाललाई निक्कै गाह्रो भएको परिस्थितिमा विभिन्न दातृ निकायबाट सहयोग पाएको उल्लेख गर्नुभयो । उहाँले अग्रपंक्तिमा खटिएका सबै पक्ष प्रति आभार व्यक्त गर्नभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खातीले कोभिड रोकथामका लागि यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सदस्यहरूबाट कुनै किसिमको सहयोग नपाए पनि राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट सहितका नेताहरूको पहलमा स्वास्थ्य सामग्री पाइएकोमा उहाँहरू प्रति आभार व्यक्त गर्नुभयो । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजेन्द्र प्रसाद भट्टले सबै पक्षको सहयोगबाट प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रवाह गर्न सकेको उल्लेख गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्ट सहित कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा