गुरुकुल एकेडेमीको २३ औ वार्षिकोत्सब विभिन्न कार्यक्रमका बिच सम्पन्न

March 15, 8:27

धनगढी उपमहानगरपालिका वार्ड न. ४ उत्तरबेहेडीमा रहेको गुरुकुल एकेडेमीले आफ्नो २३ औ वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ ।

आज आइतबार एकेडेमीले एक औपचारिक कार्यक्रम गर्दै जारी २३ औ वार्षिकोत्सब सम्पन्न गरेको जनाईएको छ ।एकेडेमीका सस्थापक अध्यक्ष दिपक सुरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा नास्ट कलेज धनगढीका प्रिन्सिपल शिबहरि मुडभरी रहनु भएको थियो ।

अभिभावक , शिक्षक, बिद्यार्थि र अन्य सरोकारवालाहरुको उल्लेख सहभागिता रहेको कार्यक्रममा लिटिल फ्लावर ईङ्गलिस बोर्डिङ स्कुल मिलनचोक धनगढीका प्रीन्सिपल रामचन्द्र शाही, प्याब्सन धनगढी नगर कमिटी अध्यक्ष पदम बहादुर साउद,गुरुकुल एकेडेमीकि प्रीन्सिपल सुनिता सुरी र नेल्टा कैलालीका सल्लाहकार केडि भट्ट लगायतले मन्तव्य राख्नु भएको थियो ।

वार्षिकोत्सब कार्यक्रममा सहभागी बिद्यार्थिहरुले विभिन्न बिज्ञान प्रदर्शनी तथा सास्कृतिक प्रस्तुतिहरु राखेका थिए ।

तस्बिरमा –