कैलालीमा मृत फेला परेका बालकको हत्या आशंका

July 08, 11:17

धनगढी : कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का पाँच वर्षीय बालकको हत्या आशंका गरिएको छ। तीन दिनसम्म बेपत्ता रहेका बालकको इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा शव फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘घटनास्थल हेर्दा घटना घटाइएको जस्तो देखिन्छ। हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ। आज दिउसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छाै।’ बालक हराएपछि सोमबार राति नै घटनास्थलमा पुगेका एसपी अधिकारी मंगलबार दिनभरी अनुसन्धानमा आफैँ खटिएका थिए। 

मंगलबार राति धनगढी फर्किएका उनी शव फेला परेपछि फेरि टीकापुर पुगेका छन्। उनको गृहनगर पनि टीकापुर हो। सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका दिलीप विष्टका पाँच वर्षे छोरा विवेक विष्टको शव फेला परेको थियो। 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

एकै चरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं : प्रहरी…
काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल… विस्तृतमा
भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई…
धनगढी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको… विस्तृतमा
सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए,…
धनगढी, १२ साउन - सुदूरपश्चिम प्रदेशमा हालसम्म ७९ प्रतिशतले कोभिड–१९ विरूद्दको पूर्ण मात्राको खोप… विस्तृतमा
डा. बद्री विनाडीद्धारा जोराघाट माविमा १ लाख ५१ हजार…
डोटी २ श्रावण - सह प्राध्यापक तथा लोक साहित्यका ज्ञाता डा. बद्री शर्मा विनाडीले जोराघाट माध्यमिक… विस्तृतमा