बैतडीमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

news
news
July 09, 11:17

बैतडीमा एकनाले भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । जंगलमा चोरी शिकारी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोधीखोजी गर्दा पाटन नगरपालिका १ सकारका ३६ बर्षीय नारदप्रसाद भट्टराई र ३८ बर्षीय लक्ष्मण भट्टराईलाई बिहीबार दिउँसो बराइल रौटे भन्ने जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

दुवैजनालाई जंगलबाट बन्दुक सहित फर्किरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनले भने ‘पक्राउ परेका दुवैमाथि अनुसन्धान भईरहेको छ । उनीहरुले लामो समयदेखि चोरी शिकारी पनि गर्दै आएका भनिएको छ । यो बिषयमा पनि हामी बुझ्दैछौं ।’

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा