डडेल्धुरामा फौजी किरा सखाप पार्दै मकैबाली, चिन्तित कृषक

sas
sas
July 11, 12:23

डडेल्धुरा २७ असार/डडेल्धुरा अमरगढी नगरपालिकामा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ । अमरगढी नगरपालिका ६ दुमडा गाउँमा हुर्कँदै गरेको मकै बालीमा अमेरिकन फौजी किराको संक्रमण देखिएपछि किसानहरु चिन्तित बनेका छन । हुर्कँदै गरेको मकैको बालीमा फौजी किराले क्षति गरेपछि किसानहरु मकैका बोट काटेर फाल्न बाध्य भएका छन् ।

मकै उत्पादनका लागि जिल्लाकै नमुना गाउँका रुपमा रहेको दुमडा गाउँमा फौजीकिराको प्रकोपले मकैबाली सखाप भएपछि अब खाद्यान्नको अभाव हुने भन्दै चिन्तित छन् कृषक काली प्रसाद भट्ट ।

दुमडा गाउँका अधिकांस मकैबारीमा फौजी किराको प्रकोप फैलिइसकेको र मकैवारीमा सबै सखाफ गरिसकेको भन्दै अमरगढी नगरपालिका – ६ ले कृषि प्राविधिक सहित विषादी औषधि प्राविधिकको सल्लाहमा कतिपय किसानले मकैबारीमा विषादी छरीरहेको अमरगढी नगरपालिका वडा ६ का अध्यक्ष गोविन्द भट्टले जानकारी दिए ।डडेल्धुरामा फौजी किराको प्रकोप पहिलो पटक देखिएको कृषि ज्ञानकेन्द्र डडेल्धुराको भनाई रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा