धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि झडप

sasa
sasa
July 11, 3:30

धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि बादी समुदायका नागरिकबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका नागरिकबीच एकआपसमा झडप भएको बताए। उनले अहिले वडा प्रहरी कार्यालयमा छलफल भइरहेको बताए। 

प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ। आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए। मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए। तर, उनीहरुले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाएका छन्। रमा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यसअघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अगाडि हात हालाहाल भएको हो। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा