देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी

news dhn
news dhn
July 13, 1:07

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।  मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। 

‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सेतोपाटीसँग भने। ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन। 

‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने।सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा